२४ जेठ २०८० / सल्यान
सल्यानमा आँखा सेवामा साझेदारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार श्रीनगरमा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले आँखा उपचार केन्द्र शितलपाटी लाई जिल्ला आँखा अस्पतालको रुपमा स्तरबृद्वि गर्न जिल्लाका दश वटै स्थानीय तह एक भएर लाग्नु पर्ने बताउँनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले आँखा उपचार केन्द्र शितलपाटीको स्तरबृवृद्धिका लागी आफु तत्पर रहेको बताउँनु भएको हो ।उहाँले जनताका प्रत्येक्ष सरोकार संग जोडिएका बिषयलाई बिकास गर्न आफु जहिले पनि सकारात्मक रहेको बताउनु थियो ।
यस्तै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले आँखा उपचार केन्द्र शितलपाटीकोको स्तर वृद्धिका लागी केहि दिन भित्रमै जिल्लाका दश स्थानीय तहका प्रमुख लाई बोलाएर छलफलको बाताबरण निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका बुढाथोकीले जिल्ला मा आँखा उपचारको अभावमा बाहिर जानु पर्ने जनताको समस्यालाई समाधान गर्न जिल्लाका स्थानीय तह,संघिय सांसद,प्रदेश सांसद लगाएत अन्य सरोकारवाला निकायहरु एक भएर लाग्नु पर्ने बताउनु भयो ।
हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी,सम्बन्धि छलफल कार्यक्रममा, आँखा उपचार केन्द्र सहयोग समितिका संयोजक केशव बुढाथोकीले शितलपाटी आँखा उपचार केन्द्रको स्थापना भएको करिव दुइ दशक पुग्नै लाग्दा पनि सोचे अनुसारको स्तरबृद्वि संगै प्रभावकारी सेवा प्रभाह गर्न नसक्नुले जिल्लाको अस्तित्व माथिनै प्रश्न खडा भएको बताउनु भएको छ । आँखाका बिरामीहरुको जिल्लामै उपचार गर्ने उधेश्यले २०६४ सालमा स्थापना भएको आँखा उपचारकेन्द्रको स्तरबृद्विमा सम्बन्धित निकाय बाट चासो नदेखाउदा,सामान्य उपचार बाहेक अरु सेवा दिन नसकेको दुखेसो पोख्नु भयो । कार्यक्रमका अध्यक्ष समेत रहेका बुढाथोकीले अहिले पनि आँखा परिक्षण गर्ने मेसिनको अभाव,शल्यक्रिया गर्ने उपकरणको अभाव आँखा उपचार केन्द्र शितलपाटी सल्यानले भोगी रहेको र त्यसको पुर्ति गर्न सरोकारवाला निकायहरु लाग्नु पर्ने आवश्यक देखिएको बताउनु भयो ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम,राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौर दाङको आयोजनामा भएको उक्त कार्यक्रममा,कार्यालयका प्रमुख प्रशासक सम्शेर थापाले,कर्णाली प्रदेशका जिल्ला र सल्यान जिल्लामा अन्धोपनको अवस्था,पालिकाहरु संगको सहकार्यमा भएका कार्यक्रम,आगामी आर्थिक बर्षमा गरिने कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । आँखा सेवा सम्बन्धि छलफल कार्यक्रम रुकुम,दाङ, कपिलवस्तुका सम्पुर्ण पालिका,रोल्पा, प्युठान र सल्यानका केहि पालिकामा सम्पन्न गरेको राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौर दाङका नेत्र अधिकृत शालिकराम गौतमले बताउनु भएको छ ।
जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख शारदा नगरपालिकाका नगरप्रमुख,वडा अध्यक्ष र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रमको सहजीकरण आँखा अस्पताल रक्षाचौर दाङका सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको हो ।