भालुवाङ बाट भारतको देरादुन सिम्ला सम्म शान्ति यात्रा एर बस संचालन हुँदै

३० पौष २०८२/ दाङ

दाङको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिले भारतका विभिन्न स्थानमा नेपाल भारतमैत्री बस संचालनमा ल्याउने भएको छ ।

 

यस अघि घोराही तुलसीपुर र प्युठान बाट दिल्लीका लागि बिएस सिक्स बस सन्चालनमा ल्याएको प्रालिले माघ ५ गते देखि दाङको भालुबाङ बाट भारतको देरादुन हुँदै सिम्ला सम्म नेपाल भारत मैत्रीपुर्ण शान्ति यात्रा एर बस संचालनमा ल्याउन लागेको हो ।

दाङ बाट भारतका विभिन्न स्थानमा थप सुबिधा सम्पन्न एसी बसको यात्रु बाट माग आएको र यात्रुलाई सुविधाजनक सेवा दिनु पर्छ भन्ने प्रालिको उद्देश्य अनुसार दाङको भालुबाङलमही,घोराही,तुलसीपुर,
कोहलपुर,नेपालगन्ज,भारतको रुपैडिया,हरिद्वार,देरादुन,चन्डिगड हुँदै सिम्ला सम्म बस संचालन गर्नलागिएको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवाप्रालि दाङका प्रशासनिक सचीव नारायण प्रशास न्यौपानेले जानकारी दिनु भयो ।

उहाँले माघ ५ गते एक कार्यक्रमका बिच नेपाल भारत मैत्रीपुर्ण बसको प्रालिका अध्यक्ष सुरेश हमाल लगाएतका पदाधिकारीले उद्घाटन गरेर सेवाको सुचारु गर्ने बताउनु भएको छ ।

प्राशासनिक सचीव न्यौपानेले भालुबाङ बाट देरादुन सिम्लाका लागी दिउँसो साढे १ बजे,लमही बाट दिउँसो २ :१५ बजे,घोराही बाट दिउँसो ३:१५ बजे र तुलसीपुर बाट अपरान्ह ४ : १५ बजे गाडी छुटाइने जानकारी दिनु भयो ।

गाडी संचालनमा आएपछि स्तरीय सेवाको लागि यात्रुलाई सहजता थपिने प्रालिले अपेक्षा लिएको छ ।

यस्तै प्रालिले केहि दिन भित्रमा तुलसीपुर बाट काठमाण्डौका लागि राजधानी एक्सप्रेस सिल्पर एसी बस सन्चालनमा ल्याउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस