१३ माघ २०८२/ सल्यान
सल्यानको सदरमुकाम खलंगामा मिडिया सेन्टर स्थापना गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल र शारदा परियारलाई तारा चिन्हमा मतदान गरि विजयी बनाऔं भन्ने नारा सहित सल्यानमा मिडिया सेन्टर स्थापना गरिएको छ ।

सल्यान बाट प्रतिनिधि सभा सदस्यको लागी प्रत्येक्ष तर्फ उम्मेदवार बन्नु भएका युवा नेता रमेश मल्ल र समानुपातिक तर्फका उम्मेदवार शारदा परियारले सल्यान खलंगामा स्थापना गरिएको मिडिया सेन्टरको उद्घाटन गर्नु भएको हो ।मिडिया सेन्टर उद्घाटन गर्दै संघिय सांसदका उम्मेदवार मल्लले सत्य तथ्य र निषपक्ष समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई अनुरोध गर्नु भयो ।उहाँले आफुहरुले गर्ने चुनावी अभियानका प्रचारप्रसार लाई जनता सम्म पुर्याउन मिडिया सेन्टरको भुमिका महत्त्वपूर्ण रहने बताउनु भयो । मल्लले बिशिस्ट अवस्थामा हुन लागेको निर्वाचनको परिणाम लाई सकारात्मक बनाउन जिल्ला बासीलाई अनुरोध गर्नु भयो ।
निर्वाचन लक्षित प्रचारप्रसार लाई व्यवस्थित गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको चुनाव प्रचारप्रसार संयोजक रमेश कुमार गौतमले जानकारी दिनु भयो ।