१८ साउन २०८३/ सल्यान
आर.एस. ट्रेनिङ सेन्टरको शाखा सल्यान श्रीनगरमा संचालन हुने भएको छ ।

दाङको तुलसीपुर बाट आकर्षक शैक्षिक अभियान,गुणस्तरीय शिक्षादेखि मन्टेश्वरी शिक्षक तालिमसम्म एकै ठाउँमा संचालन गर्दै आएको ट्रेनिङ सेन्टरको शाखा केहि दिन भित्रमै सल्यान श्रीनगर बाट संचालन हुने बताइएको छ ।
गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको आर.एस. ट्रेनिङ सेन्टर, तुलसीपुर–५, ख लाइन दाङले विद्यालय तहका विद्यार्थी देखि मन्टेश्वरी शिक्षक बन्न चाहने युवायुवती सम्मलाई लक्षित गर्दै विविध शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको प्रवन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सेन्टरले नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी तथा नेपाली माध्यममा विषयगत ट्युसन, गृहकार्य सहयोग र परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले न्यून शुल्कमा गुणस्तरीय शिक्षामार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य राखेको समेत उहाँले बताउनु भयो ।

त्यसैगरी, मन्टेश्वरी शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न ७ दिन, १४ दिन, ४५ दिन, ३ महिना, ६ महिना र ९ महिनासम्मका विभिन्न अवधिका मन्टेश्वरी शिक्षक तालिम सञ्चालन गरिँदै आएको छ।
विद्यालयमा कार्यरत शिक्षकका लागि विशेष तालिमको व्यवस्था समेत रहेको संस्थाले जनाएको छ।
संस्थाका अनुसार अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा व्यावहारिक र सीपमूलक प्रशिक्षण प्रदान गरिने भएकाले तालिमपछि विद्यालय तथा शैक्षिक क्षेत्रमा रोजगारीको अवसर समेत सहज हुने विश्वास लिइएको छ।
आर.एस. ट्रेनिङ सेन्टरले नेपालका ७७ वटै जिल्लाका इच्छुक सहभागीलाई सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
गुणस्तरीय शिक्षा, सीप विकास र सफल भविष्य निर्माणको लक्ष्यसहित सञ्चालनमा रहेको आर.एस. ट्रेनिङ सेन्टरले अभिभावक, विद्यार्थी तथा शिक्षक बन्न इच्छुक सबैलाई आफ्नो सेवाबाट लाभ लिन आग्रह गरेको हो ।
