एसइई परिक्षामा ४ हजार बढी विद्यार्थी सहभागी हुँदै

०५ चैत २०८२ /सल्यान

सल्यान बाट यस बर्षको एसइई परिक्षामा ४ हजार १ सय ४२ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

चैत्र १९ गते देखि २९ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिक्षामा जिल्लाका विभिन्न १९ वटा परीक्षा केन्द्र बाट ती विद्यार्थीहरू सहभागी हुन लागेका हुन ।

परिक्षाको लागि आवश्यक सम्पूर्ण प्रशासनिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिइएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानले जनाएको छ । इकाईका सूचना अधिकारी कपिल कुमार जोशीका अनुसार यस वर्ष साधारण, प्राविधिक र ग्रेड वृद्धि गरी कुल ४ हजार १ सय ४२ परीक्षार्थी परिक्षामा सहभागी हुन लागेका हुन ।

कुल परीक्षार्थी मध्ये प्राविधिक धारतर्फ २ सय ५२ जना विद्यार्थी रहेका छन् भने यसअघिको परीक्षामा नतिजा सुधार गर्न चाहने (ग्रेड वृद्धि) तर्फ ८६ जना परीक्षार्थी सहभागी हुने जोशीको भनाई छ ।

परीक्षालाई मर्यादित, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पुर्ण कार्यहरू भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस