२९ भदौ २०८२/ काठमाण्डौ
दशैंको टिकट बुकिङ बारे सोमबार छलफल गरिने भएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको उक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक उपत्यकामा रोकिएका यात्रु पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने लगाएतका बिषयमा छलफल गरिएको थियो ।बैठकमा ट्राफिक प्रहरीले आवश्यक पर्ने सामग्री भौतिक मन्त्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय गरिएको हो ।
पहिलो प्राथमिकता यो एक साता काठमाडौंमा रोकिएका यात्रुलाई काठमाडौं बाहिर सुरक्षित रूपमा पठाउने कामलाई तीव्रता दिने निर्णय गरिएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनु भयो ।
उहाँले यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका व्यक्तिलाई समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरिएको बताउनु भयो ।
उच्चस्तरीय समितिको संयोजकमा यातायात व्यवस्था विभागका महानिर्देशक रहनु हुने भएको छ यस्तै उक्त समितिमा , प्रहरी र व्यवसायीसमेतको सहभागिता रहने उपाध्यक्ष सिटौलाले बताउनु भयो ।
वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासो तत्काल सम्बोधन गरी यातायात व्यवस्थापन गर्ने बताइएको हो ।