श्रीनगर बसपार्क आज देखि संचालनमा 

२५ पौष २०८२ / सल्यान

सल्यानको श्रीनगर बसपार्क आज बाट संचालनमा आएको छ ।

 

बसपार्क संचालनमा आए संगै सल्यान रुकुम यातायात प्रालि सल्यानले  बुकिङ काउन्टर उद्घाटन गरेको छ ।

शुक्रबार शारदा नगरपालिका वडानं.१ का वडा अध्यक्ष प्रदीप कुमार पाण्डेको प्रमुख आतिथ्यतामा बुकिङ काउन्टर उद्घाटन गरिएको हो ।

सल्यान रुकुम यातायात प्रालि सल्यानका अध्यक्ष अरविन्द कुमार राईको अध्यक्षतामा भएको काउन्टर उद्घाटन कार्यक्रममा प्रालिका संचालक समिति सदस्य रन्जित कुमार राई, शारदा नगरपालिका वडानं.१ का सदस्य आनन्द श्रेष्ठ,प्रालिका सल्लाहकार समिति सदस्य दामोदर रेउले,प्रालिका सदस्य कुल बहादुर पुन, जय बागेश्वरी निर्माण कम्पनीका संचालक दुर्गा डागी,शारदा नगरपालिकाका नगर प्रहरी प्रमुख यज्ञ बहादुर बोहरा,सल्यान रुकुम यातायात प्रालि लगाएत अन्य प्रालिका इन्चार्जहरु,कर्मचारी लगाएत सर्वसाधारणको सहभागीता रहेको थियो ।

काउन्टर उद्घाटन संगै शारदा नगरपालिका वडान १ का वडा अध्यक्ष प्रदीप कुमार पाण्डेले आज बाट सम्पुर्ण गाडीहरुलाई नयाँ बसपार्क भित्र बाट संचालन गर्ने र अटेर गर्ने गाडीहरुलाई नगरपालिकाले कानुनी दायरामा ल्याउने समेत बताउनु भयो ।उहाँले गाडी व्यवस्थापनको लागि नगरप्रहरी फिल्डमा खटिसकेको समेत जानकारी दिनु भयो ।

यस्तै सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द कुमार राईले आज बाट नयाँ बसपार्कमा रहेको काउन्टर बाट टिकटको सेवा सुरुवात गरिएको बताउनु भएको छ ।उहाँले नगरपालिकालाई साथ दिदै टिकट काउन्टर उद्घाटन संगै सेवा सुरुवात गरिएको बताउनु भएको छ ।अध्यक्ष राइले आफ्नो प्रालि द्वारा श्रीनगर तल्लो टिकट काउन्टर र माथिल्लो टिकट काउन्टरको सेवालाई बसपार्क भित्र बाटनै दिने बताउनु भयो । उहाँले यात्रु र गाडी व्यवसायीलाई सहजता गराउनको लागि नगरपालिकाको मापदण्ड भित्र रहेर चेकिङ काउन्टर स्थापना गर्ने बताउनु भएको छ ।

सल्यान रुकुम यातायात प्रालिले नयाँ बसपार्क भित्र रहेको काउन्टर नम्बर ६ र ७ बाट दिवा तथा रात्रिकालिन गाडीहरुको टिकट उपलब्ध गराउने जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस