सामी परियोजनाको अनुगमन

२० वैशाख २०८०/सल्यान

सल्यानको बागचौरमा सामी कार्यक्रम अन्तर्गत बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको अनुगमन गरिएको छ ।

वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचना तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने उद्धेश्य लिएर नगरपालिकामा रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउने उधेश्यले संचालन गरिएको परियोजना अन्तर्गतको कार्यक्रमको बुधबार अनुगमन गरिएको हो ।

 

सके सम्म स्वदेश मा नै रोजगारी गरौ यदि वैदेशिक रोजगारीमा जाने नै भय सहि सुचना र परामर्श लियर मात्रै जाउ भन्ने मुल नारा का साथ सुरक्षित आप्रवासन सामी परियोजना नेपाल सरकार र स्विस सरकार को दुईपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,जिल्लाका तिन स्थानीय तहमा संचालन गरिएको सुरक्षित आप्रबाशन (सामी)परियोजना सल्यानका संयोजक विमल गौतमले जानकारी दिनु भयो ।

 


नगरको वडा नं.१२ मा भएको अनुगमन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली लगाएतको सहभागीता रहेको थियो ।
अनुगमन कार्यक्रममा बागचौर नगरपालिकाका कानुन शाखा अधिकृत पुर्णबहादुर वली,सामि परियोजना सल्यानका प्रमुख बिमल गौतम, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा डाँगी खत्री, राेजगार संयाेजक नवराज डाँगी,लगाएतको सहभागीता रहेको थियो ।

वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गराउदै आएको सामी परियोजना बागचौरका बित्तीय सहजकर्ता रमेश डि.सीले बताउनु भएको छ ।यस्तै आफुहरुले वैदेशिक रोजगारीले घरपरिवारमा पारेको सकारात्मक र नकारात्मक प्रभाव बारे बुझ्दै नगरका केहि वडाहरुमा कार्यक्रम सन्चालन गर्दै आएको सामी परियोजना बागचौरकी मनोसामाजिक परामर्शकर्ता बिमला बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस