मास्क नलगाएको पाइएमा ३ वर्ष जेल सजाय !

कतारले विभिन्न क्षेत्रमा काम गर्नेहरुले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने निर्णय गरेको छ ।

नेपाली राजदूतावासले जारी गरेको सूचनामा भनिएको छ, “कतारको मन्त्रिपरिषद्ले आइतबार, २०२० अप्रिल २६ देखि लागु हुनेगरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा कामदारहरुले गरी अनिवार्यरुपमा मास्क लगाउनुपर्ने निर्णय गरेको सार्वजनिक भएको छ ।

उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नम्बर १७ बमोजिम अधिकतम तीनवर्ष जेल सजाय वा कतारी रियाल दुईलाखसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख भएको हुनाले यस निर्देशनको पालना गर्नु–गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध छ ।”

प्रतिक्रिया दिनुहोस