रोल्पामा गाडी दुर्घटना हुँदा आमाको मृत्यु दुई छोरा घाइते

२५ माघ २०८१/ रोल्पा

राेल्पामा बाेलेराे गाडी दुर्घटना हुँदा एक शिक्षिकाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने उनका दुइ बच्चा घाइते भएका छन् ।

जिल्लाको माडी गाउँपालिकाको घर्तीगाउँ देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो (सामान बेच्ने) गाडी त्रिवेणी गाउँपालिका ७ गाङमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिकाकाे घोरनेटा निवासी २९ वर्षीया सीता खड्का रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी प्रमुख भरत लामाले जानकारी दिनु भयो । दुर्घटनामा सिताका दुइ छाेरा घाइते भएको र एउटा छाेरा ३ वर्ष र अर्काे १८ महिनाकाे रहेकाे प्रहरी प्रमुख लामाले बताउनु भएको छ ।

बच्चाको गैरिगाउँ स्वास्थ्य चौकी तिलामा समान्य उपचार पछि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएकाे र त्यहाँबाट पनि दाङ तर्फ रेफर गरिएको प्रहरीकाे भनाइ छ ।

गाडीमा मृतक सहित दुइ बच्चा, चालक र सहचालक गरी ५ जना रहेकाे बताइएकाे छ । दुर्घटनापछि चालक र सहचालक फरार रहेकाे र उनकाे प्रहरीले खोजीकार्य गरिरहेकाे जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस