रानिपोखरी मेलाको अवसरमा भलिबल प्रतियोगिता

१५ असोज २०८१/ सल्यान

सल्यानमा रानीपोखरी मेलाको अवसरमा बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रमको सुरुवात गरिएको छ ।

परापुर्व कालदेखि बागचौर नगरपालिका वडा नं.८ र ९ को रानी पोखरीमा असोज कृष्ण औंशिको दिन लाग्ने मेलाको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सोमबार कार्यक्रमको उद्घाटन गर्दै सल्यान जिल्ला प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले भलिबल खेललाई अझै पनि बिकास गर्नको लागी राज्यले ध्यान पुर्‍याउनु पर्ने बताउँनु भयो ।कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नेपालीले भलिबल खेललाई राष्ट्रिय खेलकुदका रुपमा घोषणा गरेर मात्र नहुने सरकारले खेल र खेलाडीको भबिस्य सुनिश्चितता गर्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै सल्यान जिल्लाका पुर्ब प्रतिनिधि सभा सदस्य नेत्र लाल श्रेष्ठले रानी पोखरी मेलाको पौराणिक महत्त्व रहेको बताउनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका श्रेष्ठले जिल्लाको पहिचान झल्काउने गरि विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेकोले आफू खुसी भएको बताउनु भयो ।

यस्तै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशका महामन्त्री ललित चन्द,अथितिहरु बागचौर नगरपालिका वडा नं८ वडा अध्यक्ष सुशील जङ्ग चन्द, वडा सदस्य शुसिला सुनार लगाएतले कार्यक्रम सफलताको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो ।

नेपाली कांग्रेस बागचौर नगरपालिका वडानं.८ का उप सभापति प्रेम नाथ योगी ,नेकपा एमालेका डिल्ली हमाल , नेकपा माओवादी केन्द्रका तारा देब नेपाली, एकीकृत समाजवादीका रोहवर सुनार ,कालिका माध्यामिक बिधालय कोटमौलाका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हिरालाल न्यौपाने , प्रधानाध्यापक खुम राज केसी ,दिब्य मितिरे कृषि सहकारी संस्था कोटमौलाका अध्यक्ष यज्ञ बहादुर चन्द, अस्थायी प्रहरी पोस्ट पातिहाल्नका नरेश शाह,भलिबल खेलका राष्ट्रिय रेफ्रि दोर्ण चन्द , रेफ्रि याम बहादुर चन्द,तिन पाने बनका अध्यक्ष राम बहादुर पहाडी, समाज सेबि ओपेन्द्र नाथ योगि लगायतको सहभागिता रहेको थियो ।

रानिपोखरी मेला व्यवस्थापन समिति र बागचौर नगरपालिका वडा नं.८ को समन्वयमा भएको उक्त कार्यक्रम असोज १६ गते सम्म संचालन हुने छ । कार्यक्रममा भलिबल प्रतियोगिता तर्फ १४ टिमको सहभागिता रहेको छ ।

रानिपोखरी मेला ब्यबस्थापन समितिका अध्यक्ष लोकमान चन्दको अध्यक्षता,रेशम चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रमका संयोजक खेम राज सुनारले गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस