रेडियो कार्यक्रम उत्पादन सम्बन्धि तालीम

७ असोज २०८१/ सल्यान

सल्यानमा रेडियो कार्यक्रम उत्पादन सम्बन्धि क्षमता अभिवृद्धी तालिमको सुरुवात गरिएको छ ।

सल्यान खलंगामा दुइ दिन सम्म संचालन हुने तालीमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले पत्रकारिता संवेदनशील विषय भएको उल्लेख गर्नु भयो ।उहाँले सामुदायिक रेडियोहरुको महत्त्व र समाजमा रेडियोले पार्ने प्रभाव बारे जानकारी दिनु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता तथा रेडियो कार्यक्रममा समाजलाइ कता लैजाने भन्ने सामथ्र्य हुने भएकाले सत्य र वास्तविक कुरा उजागर गर्नुपर्नेमा जोड दिनु भएको थियो ।उहाँहरुले स्थानीय समुदायका वास्तविक समस्याहरूलाई उठान गर्दै उनीहरूका आवाजलाई जिम्मेवार तरिकाले प्रस्तुत गर्न रेडियोकर्मीहरुलाई सुझाव दिनु भएको थियो ।

कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघ अकोरावका कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणी रेग्मी, शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतम, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, पत्रकार मिना बुढाथोकी, रेडियो तहल्काका स्टेशन मैनेजर डिल्लीराज रावतले कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम भनेको के हो र यो कसरी प्रभावकारी ढंगले उत्पादन गर्न सकिन्छ भन्ने विषयमा जानकार हुनुपर्ने बताउनु भयो । सामुदायिक रेडियो सूचनाको माध्यममात्र नभएर समाजको परिवर्तनका लागि एक प्रभावशाली माध्यम भएकाले सामाजिक उत्तरदायीत्वलाई वहन गर्दै रेडियोकर्मीहरुले काम गर्नुपर्ने उहाँहरुको भनाइ रहेको थियो ।

मंगलबार सम्म सञ्चालन हुने तालिमको पहिलो दिन रेडियो कार्यक्रम के हो ? यसको महत्व बारेमा जानकारी तथा सामुहिक छलफल संगै रेडियो कार्यक्रमका प्रकार, यसको प्रयोग गर्ने तरिकाका तथा रेडियो कार्यक्रम र अन्य कार्यक्रमको फरकपनका बारेमा जानकारी, छलफल एवम् अनुभव आदानप्रदान गरिएको रेडियो राप्तीका प्रशासकीय प्रमुख शिवलाल डाँगीले बताउनु भयो । यस्तै तालिमको दोस्रो दिन रेडियो कार्यक्रमको स्कृप्ट लेखन, भाषा, शब्द छनौट, यसको तरिका र महत्व, रेडियो कार्यक्रमको आचारसंहिता, आधारभूत पत्रकारिता र रेडियो कार्यक्रमसंगको तादम्यता एवम् रेडियो कार्यक्रम र प्रविधिसँगको संयोजनका विषयमा अभिमुखिकरण गरिने छ ।

सामुदायीक रेडियो राप्ती एफएम सल्यानले,जिल्लाका अन्य रेडियोमा कार्यरत रेडियोकर्मी तथा रेडियोप्रेमीहरुका लाई आयोजना गरेको दुई दिने तालीम उद्घाटनमा शारदा मिडिया संगमका उपाध्यक्ष रमेश कुमार वलीको स्वागत मन्तव्य बाट सुरु भएको तालिमको औचित्य र विषयवस्तुको बारेमा रेडियोका समाचार प्रमुख बुद्धि पुनले प्रस्ट पार्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस