२८ फागुन २०८१/ सल्यान
सल्यानका विभिन्न बजारहरु अनुगमन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालु आर्थिक बर्ष २०८१/ ०८२ को बार्षिक स्विकृत कार्यक्रम अनुसार जिल्लाका विभिन्न बजारहरुको अनुगमन गरिएको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माको संयोजकत्वमा त्रिवेणी गाउँपालिका,छत्रेश्वरी गाउँपालिका,शारदा नगरपालिका र शिद्वकुमाख गाउँपालिका भित्र पर्ने विभिन्न बजारहरु अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले जनाएको छ ।
बजार अनुगमनका क्रममा ४६ हजार ५५ रुपैया बराबरको बिना इजाजत खरिद बिक्री भैरहेको पेट्रोलियम पदार्थ,घरेलु मदिरा, बियर, हल्का पेय पदार्थ, म्याद सकिएका (कोक फेन्टा, फ्रुटी, जुस) विभिन्न मसला, दालमोट बिस्कुट, भुजा, लगाएत अन्य खाद्य बस्तुहरु बरामद गरिएको,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सुचना अधिकारी ध्रुब बहादुर खत्री जानकारी दिनु भयो ।
बजार अनुगमन कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख श्यामलाल खराल, त्रिबेणि गाउपालिकाका शाखा अधिकृत तिलक रावल, सिद्धकुमाख गाउँपालिकाकि सहायक महिला विकास निरीक्षक चन्द्रा देवकोटा ,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कम्युटर अधिकृत प्रज्वल अधिकारी, सूचना अधिकारी ध्रुब बहादुर खत्री स्थानीय तहका प्रहरी प्रशासनका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।