सल्यानमा नमूना मतदान सम्पन्न

२५ वैशाख

स्थानीय तहको निर्वाचनको तयारीका लागि सल्यानमा नमुना मतदान गरिएको छ ।

बैशाख ३० गते हुने निर्वाचनको तयारीका लागि निर्वाचन कार्यालय सल्यानले मतदान स्थलहरुमा खटिने कर्मचारीहरुलाई नमुना मतदान गराएको हो ।

जिल्लाका २ सय १ मतदान स्थलमा खटिने कर्मचारीहरुलाई तालिम दिएर नमुना मतदान गर्न पनि सिकाईएको जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । पहिलो चरणमा सोमबार देखि मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितको कर्मचारीलाई मतदान केन्द्रमा पठाउने तयारी भएको छ । जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले मतदानमा खटिने कर्मचारी पठाउन सवै तयारी पुरा भएको वताए । उनका अनुसार अव मतदान केन्द्रमा गरिने काम वाँकी रहेको छ । त्यो केन्द्रमा पुगेपछि सम्पादन गरिने छ ।

यसैविच मतदानमा केन्द्रमा खटिने कर्मचारीले नमूना मतदानमा भाग लिएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानले सल्यान खलंगामा आयोजना गरेको नमूना मतदानमा ११ प्रतिशत मत वदर भएको छ । कुल २६ मतदाताले मतदानमा भाग लिएका थिए ।

खसेका मत मध्य ३ वटा मत वदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए । उनका अनुसार छानिएका कर्मचारीले मतदान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस