उधोग वाणिज्य संघ सल्यानको निर्वाचनका लागी,कार्यतालिका प्रकाशन

३० फागुन २०८०/ सल्यान

सल्यान उधोग वाणिज्य संघ सल्यानले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।

आगामी वैशाख ८ गते हुने सल्यान उधोग वाणिज्य संघ सल्यानको निर्वाचनको लागि कार्यालयले कार्यतालिका प्रकाशन गरेको हो ।

बुधबार प्रकाशन गरेको निर्वाचन कार्यतालिकामा चैत २ गते दिउसो १ बजे सम्म मतदाता नामावली प्रकाशन,चैत ३ गते बिहान १०:३० देखि दिउँसो ३ बजे सम्म,मतदाता नामावली उपर दावी बिरोध,चैत ४ गते बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म मतदाता नामावली उपर छानबिन,चैत ६ गते बेलुका ५ बजे सम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै चैत १० गते बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म उम्मेदवारी दर्ता,११ गते बेलुकी ५ बजे सम्म उम्मेदवारीको नामावली प्रकाशन,१२ गते बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म उम्मेदवारको नामावली उपर दावी बिरोध,१३ गते मध्यहण १२ बजे देखि साझ ५ बजे सम्म उम्मेदवारी फिर्ता,१४ गते विहान ११ बजे देखि दिउसो ३ बजे सम्म उम्मेदवारीको नामावली उपर छानवीन,१५ गते दिउसो २ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन,१६ गते अपरान्ह ४ बजे सम्म नमुना मत पत्र प्रकाशन २०८१ वैशाख ८ गते बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म मतदान,सोही दिन मतगणना र मत गणना सकिय लगतै बिजयी उम्मेदवार लाई प्रमाणपत्र वितरण,पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले जनाउनु भएको छ ।

 

उहाँले वैशाख ८ गते हुने निर्वाचनलाई मर्यादित एवं शान्तपुर्ण ढंगले सम्पन्न गर्नको लागि आफुहरु लागि परेको बताउनु भयो

प्रतिक्रिया दिनुहोस