बागचौर नगरपालिकाले जेष्ठ नागरिकलाई बलाङ्केट बिधालय लाई फिल्टर बितरण गर्दै

१४ पौष २०८०/ सल्यान

सल्यानको बागचौर नगरपालिकाले जेष्ठ नागरिक लाई बलाङ्केट र सामुदायिक बिधालयलाई फिल्टर बितरण गरेको छ ।

बढ्दो चिसोबाट प्रभावित भई जेष्ठ नागरिकमा हुनसक्ने समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत ब्लाङकेट र फिल्टर बितरण गर्न थालिएको नगरपालिकाले बताएको छ ।

शुक्रबार वडा नं.५ का जेष्ठ नागरिक र सामुदायिक बिधालयलाई फिल्टर बितरण गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले जेष्ठ नागरिकप्रति सम्मान गर्ने संस्कार बसाल्न जाडोमा ब्ल्यान्केट वितरण गरिएको बताउनु भयो ।उहाँले नगरका सवै वडाका जेष्ठ नागरिकको सम्मानका लागि प्रत्येक बर्ष यस्ता खाले कार्यक्रम गर्दै आएको बताउनु भयो ।
नगर प्रमुख गौतमले शिक्षक, विद्यार्थीलाई शुद्ध पिउने पानीको सुविधाका लागि एक कक्षा १ फिल्टर कार्यक्रम अन्तर्गत वडाका ७ वटा सामुदायिक विद्यालयलाई फिल्टर वितरण गरिएको बताउनु भयो ।

नगरपालिकाले वडा नं.५ का १ सय १ जना जेष्ठ नागरिक र ७ वटा सामुदायिक विद्यालयमा १२ वटा फिल्टर वितरण गरेको नगर उपप्रमुख सुम्निमा डिसी ( वली) ले बताउनु भएको छ ।

कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा अध्यक्ष जाेगेन्द्र वली, कार्यपालिका सदस्य, सामाजिक विकास शाखा प्रमुख, वडा सदस्य, वडा सचिव, जेष्ठ नागरिक लगायत नगरवासीकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस