त्रिवेणीको ४ लाई पोषणमैत्री वडा घोषण गरिदै

२६ जेष्ठ २०८०/ सल्यान

सल्यानको त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिन भित्रका आमालाई कुखुरा लगाएत दाना औसधि बितरण गरिएको छ ।

शुक्रवार गाउँपालिकाको वडानं.४का सुनौला हजार दिन भित्रका ६० जना आमाहरूलाई प्रति ब्यक्ति १० वटाको दरले ८ हप्ते ६०० हेक्पसाएर र ब्ल्याक अष्ट्रोलोपा जातका कुखुरा वितरण गरेको हो ।

बहुक्षेत्रिय पोषण कार्यक्रमम अनुसार कुखुरासँगै दाना,औषधी समेत वितरण गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले बताउनु भएको छ।उहाँले गाउँपालिकाको वडा नं.४ लाई पोषणमैत्री वडा घोषणा गर्न तयारी भैइरहेको बताउनु भयो ।
पोषण मैत्री वडा घोषणा गर्न विभिन्न ७६ सूचक पार गर्नु पर्ने बताउँदै उक्त सूचकलाई पुरा गर्न पालिकाले कुखुरा लगायत कृषिजन्य बस्तु ,बिउ विजन प्लास्टिक टनेल, जैविक मल बनाउन ड्रम, हजारी र खानेपानी शाखाबाट पानी सुद्धिकरणका लागि २७ वटा फिल्टर वितरण गरिएको उहाँको भनाई छ ।

अध्यक्ष रावतले बालबालिका नै हाम्रो भविष्य भएकोले उनीहरूलाई पोषणयुक्त बनाउनुपर्ने र पालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा पोषणलाई टेवा पुग्ने कार्यक्रम राख्ने समेत बताउनु भयो ।

स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकीय प्रबन्ध गरी सात वटा विषयका ७६ वटा सूचकमा सन्तोषजनक नजिता देखिएपछि पोषणमैत्री वडा घोषणा गर्न सकिन्छ । विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार सुहार, गर्भवती जाँच, हजार दिनका आमा र बच्चाको हेरचाहका साथै सरसफाइ, शुद्ध खानेपानी, धुवाँरहित चुलोको प्रयोग, करेसाबारी र अन्य निर्धारित सूचकहरू पोषण मैत्री वडाको अवधारणामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस