जन्म दिनको अवसरमा राष्ट्रिय आविष्कार केन्द्र र बिधालय लाई आर्थिक सहयोग

०३ पौष २०७९

सल्यानका एक स्वास्थ्यकर्मीले जन्मदिनको अवसरमा २ छुटा छुटै संस्थालाइ आर्थिक सहयोग गर्नु भएको छ ।


आफ्नो जन्म दिनको अवसरमा सल्यानका भुपेन्द्र ओलीले राष्ट्रिय आविस्कार केन्द्र र जिल्लाकै निराजन माध्यमिक बिधालय ढोरचौरलाई आर्थिक सहयोग गर्नु भएको हो ।

बागचौर नगरपालिका वडा नं.५ घर भइ हाल प्राथामिक स्वास्थ्य केन्द्र थारमारेमा कार्यरत भुपेन्द्र ओलीले राष्ट्रिय आविस्कार केन्द्रलाई केही यांत्रिक कार्यमा खोज र अनुसंधान गर्न टेवा पुगोस भन्ने हेतुले ५ हजार र निराजन माविको शैक्षिक क्षेत्रमा योगदान पुगोस भनेर बिधालयको आत्मनिर्भर कोषमा २ हजार सहयोग गरेको बताउनु भयो ।                                                                     उहाँले जन्मदिनमा हुने असामान्य खर्चको कटाैती गरेर २ संस्थालाइ थोरै भएपनि राहत हवस भनेर आफुले आर्थिक सहयोग गरेकाे बताउनु भयो । ओलीले आविस्कार केन्द्रका महाविर पुन र निराजन माविका प्रधानाध्यापक धर्मराज घर्तीलाइ टेलीफोनमा संवाद मार्फत सहयोग गरेका बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस