भानु र शारदाका मेयर नेपाल युनेस्कोको केन्द्रिय अध्यक्ष र कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित

नेपाल युनेस्को संघसंस्था तथा क्लबहरुको राष्टिय महाधिवेशनबाट अध्यक्षमा आनन्दराज त्रिपाठी तथा कर्णाली प्रदेशको अध्यक्षमा सल्यानका प्रकाश भण्डारी चयन भएका छन । भण्डारी सल्यान युनेस्कोको संस्थापक अध्यक्ष तथा शारदा नगरपालिका सल्यानका प्रमुख समेत हुन ।

तनहुको भानु नगरपालिका ३ मा आइतबार सम्पन्न १२ औं महाधिवेशनबाट आनन्दराज त्रिपाटीको अध्यक्षतामा नयाँँ कार्यसमिति चयन भएको हो ।
त्रिपाठी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । उनी भानु नगरपालिका तनहुका प्रमुख समेत हुन ।
महाधिवेशनबाट सह अध्यक्षमा दिपक सरकार, बरिष्ठ उपाध्यक्षमा महेश्वर प्रसाद शर्मा, उपाध्यक्षमा हेमकुमार कार्की , अनिल सिलबाल, खड्कबहादुर बुढा, प्रदिप काफ्ले, चक्र बहादुर रावत, पार्थी सरकार, कल्पना खड्का र प्रशान्त जोशी चयन भएका छन ।महासचिबमा युवराज न्यौपाने, उपमहासचिबमा रामनाथ मैनाली, राजकुमार के.सी. कोषाध्यक्षमा विकास लामा गुरुङ, सहकोषाध्यक्षमा कुमुदा नेपाल चयन भएका हुन ।
त्यस्तै सदस्यहरुमा पदम योगी, प्रदिपराज अधिकारी, वर्षा पाण्डे, सिद्धेश्वर बोगटी, निश्चल बानियाँ, निलिमा बस्नेत,सुवासचन्द्र दाहाल, अर्जुन कार्की,रवी तुलाधर, महेश भण्डारी, हेमन्त पाण्डे चयन भएका छन ।
महाधिवेशनले् साचयन भएका सातवटै प्रदेश अध्यक्ष समेत तोेकेको छ । जसमा प्रदेश नम्बर १ को अध्यक्षमा दिवस राजवंशी, बागमतिको अध्यक्षमा विकास अधिकारी, गण्डकीको अध्यक्षमा राविन्द्रराज जोशी, लुम्बिनीको अध्यक्षमा सुवास गैरे, कर्णाली प्रदेशको अध्यक्षमा प्रकाश भण्डारी र सुदुर पश्चिम अध्यक्षमा अन्जु भट्ट चयन भएका छन ।
केन्द्रिय अध्यक्ष त्रिपाठी र कर्णाली प्रदेश अध्यक्ष भण्डारी क्रमश तनहुको भानु र सल्यानको शारदा नगरपालिकाका प्रमुख समेत रहेका छन ।

प्रतिक्रिया दिनुहोस