शारदा नगरपालिकाको १ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण,भत्ता बुझाउन घरमै पुगे वडाध्यक्ष


१६ जेष्ठ, सल्यान
शारदा नगरपालिकाले आज १ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
वडाका चैबाङ, भगवती खोला, दारिमचौर र शान्तिनगर बाट भत्ता बितरण गरिएको हो । ।

वडा नम्बर १ का वडाध्यक्ष प्रदिप पाण्डे, सदस्य आनन्द श्रेष्ठ सचिब भिम घर्ती, नगरपालिकाका सामाजिक सुरक्षा शाखाका कर्मचारी सुनयन राई, सीता योगीका साथै नेपाल बाङ्गलादेश बैकका कर्मचारी, सुरक्षाकर्मीको उपस्थितिमा भत्ता बितरण गरिएको हो ।
वडाबाटै भत्ता पाउँदा लाभग्राही नागरीक हर्सित बनेका छन ।

१ नम्बर वडामा कुल ५३७ जना मध्ये ३३ जनाले आज सामाजिक सुरक्षा भत्ता बुझेका हुन ।
बैक सम्म आउजाउ गर्न समस्या हुने जेष्ठ नागरिक, अशक्त, अपाङ्गहरु लाई लक्षित गरि बडाबाटै सामाजिक सुरक्षा भत्ता बितरणको प्रबन्ध मिलाएको नगरपालिकाले जनाएको छ ।

भत्ता वितरण स्थलमा आउन नसक्नेहरुका लागि घरमै पुगेर वडाध्यक्ष प्रदिप पाण्डेले हस्तान्तरण गरेका छन ।
शारदा नगरपालिकाले नगरका १५ वटा वडामा जेष्ठ नागरिक, अशक्त र अपांङलाई पहिलो चरणमा वडाबाटै भत्ता वितरणको अभियानका क्रममा १ नम्बर वडामा वितरण गरेको हो । भोली वडा नं. १४ र १५ मा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस