सल्यानमा पहिलो पटक इन्डोस्कोपी सेवा संचालनमा

रमिला मैनाली
६ माघ २०७८

सल्यानको एक निजि अस्पतालले इन्डोस्कोपि सेवा संचालनमा ल्याएको छ ।
श्रीनगरमा रहेको परोपकार अस्पताल प्रा.लि ले जिल्लामै पहिलोपटक इन्डोस्कोपि सेवा संचालनमा ल्याएको हो ।

बिहिवार इन्डोसकोपी मेसिनको उद्घाटन गर्दै अस्पतालका संचालक घनश्याम अधिकारीले सल्यान,रुकुम,रोल्पा जस्ता दुर्गम जिल्लाका बिरामीहरू लाई सल्यानमै सहज रुपमा उपचार गर्नको लागी आफुहरुले इन्डोस्कोपी सेवा संचालनमा ल्याएको बताए ।उनले आर्थिक अवस्था कम्जोर भएका बिरामीको पनि सहज रूपमा सल्यानमै उपचार होस भन्ने उधेश्यले इन्डोसकिपी सेवा दिन लागीएको बताए । आफुहरुले अपांग अशक्त लाई निशुल्क रुपमा उक्त सेवा दिने समेत बताए ।

 

इन्डोसकोपी मेसिन द्वारा ग्याष्टिक,मुखमा अमिलो पानी आउने,घाटीमा केही अड्के जस्तो हुने,पेटको समस्या हुने बिरामीहरुको चेक जाँच गरि उपचार गरिने एमबीबीएस,एमडी डाक्टर मेसक अधिकारीले बताए ।उनले दुर्विन बिधि द्वारा पेट, घाटी लगाएतका भागमा भएको समस्या लाई सहजै तरिकाले पत्ता लगाएर उपचार गर्न सकिने बताए ।

जिल्लामै उक्त सेवा संचालनमा आएपछि आफुहरुलाई सहज भएको महशुस गरेको बिरामी पवित्रा डाँगीले बताएइन ।

प्रतिक्रिया दिनुहोस