३२ असार २०८२/ सल्यान
जिल्ला अस्पताल सल्यानमा मानसिक रोग सम्बन्धि १ दिने निशुल्क जाँच तथा परामर्श सेवा संचालन गरिने भएको छ ।
मानसिक रोग संग सम्बन्धित लक्षण भएका बिरामी र मानसिक रोगको नियमित औषधि प्रयोग गरिरहेका बिरामीहरूको लागी उक्त सेवा संचालन गरिने भएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले जारी गरेको सूचना अनुसार साउन १ गते विहिवारका दिन जिल्ला अस्पताल सल्यानमा टि.पि.ओ.नेपाल र स्वास्थ्य सेवा कार्यालय सल्यानको संयुक्त आयोजनामा उक्त सेवा दिइने बताइएको छ । एक दिने कार्यक्रममा मानसिक रोग संग सम्बन्धित विशेष ओ.पि.डि .सेवा,मनोचिकित्सक द्वारा मानसिक रोग संग सम्बन्धित लक्षण भएका बिरामीहरु तथा मानसिक रोगको नियमित औषधि प्रयोग गरिरहेका सम्पुर्ण बिरामीहरु लाई निशुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिने उक्त सुचनामा उल्लेख गरिएको छ ।
यस्तै सोही सुचनामा टाउको दुख्ने,अत्याधिक डर लाग्ने,मुर्छा पर्ने कुलतमा फसेका,तनाव धेरै हुने,मन वेचैन भैरहने खालका समस्यामा परेका व्यक्तिहरुले उक्त सेवा लिन अनुरोध गरिएको छ । मानसिक रोग सम्बन्धिका सेवाहरु आगामी २ तीन महिना सम्म मासिक रुपमा १ पटक प्रदान गरिने बताइएको छ ।