२१ असार २०८२/ सल्यान
सल्यान अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।
जिल्लाको शिद्वकुमाख गाउँपालिका वडानं.२ भाङ्गाचौरका स्वर्गीय ओविराम चलाउनेको बार्षिक पुन्यतिथिको अवसरमा विरामीलाई फलफुल वितरण गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा कार्यरत छोरा गोविन्द चलाउनेले आफ्ना स्वर्गीय बुवा ओविराम चलाउनेको सम्झनामा बार्षिक पुन्य तिथिको अवसर पारेर सल्यान अस्पतालमा भर्ना भएका ३२ जना बिरामीलाई फलफुल वितरण गर्नु भएको हो ।शुक्रवार बिरामी लाई फलफुल वितरण गर्दै गोविन्द चलाउनेले, विभिन्न धार्मिक तथा परम्परागत कार्यमा गरिने फजुल खर्चलाई ब्यबिस्थित गर्दै त्यो खर्च लाई सामाजिक कार्यमा लगाउनु पर्नेमा जोड दिनु भयो। उहाँले बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै, समाजलाई सकारात्मक दिशा तिर लैजानको लागि विभिन्न रचनात्मक कार्य गर्न आवश्यक रहेको बताउँनु भयो ।फलफुल बितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका ब्यबस्थापक डाक्टर अर्जुन बुढा,सल्यान अस्पतालका डाक्टर जगतकिरण वलि,जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल, नायब सुब्बा देबिराम सुवेदी, अनमी थुमा बुढाथोकी लगाएतको उपस्थिति रहेको थियो ।
यस्तै स्वर्गीय बुवाको पुन्य तिथिकै अवसरमा छोरा गोविन्द चलाउने लगाएत सम्पुर्ण परिवारले देउराली माध्यमिक विद्यालय सिद्ध कुमाख गाउँपालिका २ का २० जना र श्री बाल कल्याण आधारभुत विद्यालय सिद्ध कुमाख गाउँपालिका ३ फलाँटेका १२ जना अति बिपन्न, गरिब, जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई पठनपाठनमा सहज पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको छ ।उहाँले बाल कल्याण आधारभुत विद्यालय लाई ७ जोडा गेम पोसाक समेत उपलब्ध गराएको बताउँनु भयो ।