रमिला मैनाली
४ माघ २०७८
प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम तोकिएको खुसीयालीमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागे पछि सोहि अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् ।
मधेस नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।