कुमाख गाउँपालिकाका बिधालयहरुमा दशै र तिहारको बिचमा पनि पठनपाठन हुने

१४ असोज २०७८ / सन्तोष भण्डारी

सल्यानको कुमाख गाउँपालिकाले दशै र तिहरको बिचमा पनि बिधालय संचालनमा ल्याउने भाएको छ ।

कोभिड १९ को दोस्रो लहरको कारण चालू शैक्षिक सत्रमामा लामो समय देखि बिधालय बन्द भएर विद्यार्थीको पढाईमा प्रत्येक्ष असर परेको हुनाले यो बर्ष दशै र तिहारको बिचमा हुने बिदालाई कटौती गरेर पढाइ संचालन गरिने कुमाख गाउँपालिका सल्यानले जनाएको छ । बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती र शिक्षा शाखा प्रमुख प्रशान्त लामिछाने द्वारा हस्ताक्षर पत्र गाउँपालिकाले सार्वजनिक गर्दै गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुलाई यो शैक्षिक सत्रको पठनपाठन छिटो छरितो गतिमा अगाडि बढाउनु पर्ने आवश्यकता महसुस भएको भन्दै दशै र तिहारको बिचमा बिधालय संचालनमा ल्याएर पठनपाठन गराउन अनुरोध गरिएको छ ।

२०७८ को दशै बिदा असोज २१ गते देखि असोज ३१ सम्म र तिहार बिदा २०७८ कार्तिक १६ गते देखि कार्तिक २२ गते सम्म कायम गरिएको पत्रमा उल्लेख गरिएको छ । स्थानीय सरकार र जनताको दोहोरो सम्बन्ध हुने भएकाले गाउँपालिकाले जनताको समस्या समाधान गर्न समेत पहल गर्न सहज भएको कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले बताएकी छिन ।सुनौलो भबिष्य बोकेका बिद्यार्थी हरुको पढाई लाई निरंतरता दिन आफुहरुले दशै र तिहारको बिचमा पनि बिधालय संचालन गरेर पठनपाठन गराउने निर्णय गरेको अध्यक्ष बुढामगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस