काँग्रेस सल्यानको पालिका अधिवेशन सम्पन्न पुरी र बिष्टलको ५/५ स्थानीय तहमा नेतृत्व

१० असोज २०७८

नेपाली काङ्ग्रेस सल्यानले जिल्लाका दस वटै स्थानीय तहमा निर्वाचन र सहमति द्वारा नेतृत्व र चयन गरेको छ ।
पाटीको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको जिल्लाका दशवटै स्थानीय तहको अधिवेशन बाट नयाँ नेतृत्व सहमति र निर्वाचन मार्फत चयन गरिएको काङ्ग्रेस सल्यानले जानकारी दिएको छ । जिल्ला स्तरमा धुर्वराज पुरी र केशवहादुर बिष्ट सभापति रहेको दुइ फरक समुह बनाएर निर्वाचनमा होमिएको नेपाली काँग्रेसले जिल्लाका ८ वटा स्थानीय तहमा निर्वाचन बाट र २ वटा स्थानीय तहमा सहमति द्वारा नेतृत्व चयन गरेको हो ।
जिल्लाका आठ वटै स्थानीय तहमा भएको निर्वाचनको मतपरिणम अनुसार धुर्वराज पुरी प्यानल बाट शारदा नगरपालिकामा दिपक हमाल, दार्मा गाउँपालिकामा कृष्ण बहादुर वली,कपुरकोट गाउँपालिकामा एकराज वली र कालिमाटी गाउँपालिकामा गणेश केसी सभापति रहेको टिम बिजयी भएको छ । यस्तै जिल्ला सभापतिका अर्का उम्मेदवार केशबहादुर बिष्टले नेतृत्व लिएको प्यानल बाट बागचौर नगरपालिकामा दिपेश डिसी,बनगाड कुपिण्डे नगरपालिकामा पुरुषोत्तम आचार्य,छत्रेश्वरी गाउँपालिकामा सीता केसी र कुमाख गाउँपालिकामा इश्वरी शाही सभापति र उनको प्यानल बिजयी भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकामा केशबहादुर बिष्ट टिमका गंगाराम पुन र शिद्वकुमाख गाउँपालिकामा धुर्वराज पुरी टिमका बिरवहादुर बुढाथोकी सभापति रहेको नेतृत्व लाई सहमतिमा चयन गरिएको हो । पाटीको जिल्ला सभापतिको लागि पुर्व शिक्षाराज्य मन्त्री राजेन्द्र बहादुर शाह पक्ष बाट केश बहादुर बिष्ट र पार्टीका पुर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मी तथा पाटीका पुर्व जिल्ला सभापति गणेश चन्द पक्ष बाट धुर्वराज पुरीले जिल्ला सभापतिको लागि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस