१३ भदौ, सल्यान
सल्यानका दुइ स्थानीय तहमा आँखा तथा कान स्वास्थ्य कार्यक्रम लागु गरिएको छ ।
सिबिएम नेपालको आर्थिक सहयोगमा,नेपाल नेत्रज्योति संघ द्वारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम जिल्लाको बागचौर नगरपालिका र शारदा नगरपालिकामा लागू गरिएको हो ।
३ बर्षकोका लागि लागू गरिएको कार्यक्रमको मुख्य उधेश्य दृष्टि र श्रवण सम्वन्धी समस्या र कमजोरी भएका व्यक्तिहरुको उपचार गरि उनिहरुको जीवनयापनमा सुधार ल्याउने लक्ष रहेको बताइएको छ ।
सामन्य आँखाका समस्या भएका विरामीलाई शितलपाटी आँखा उपचार केन्द्र र जटिल आँखाका समस्या भएका विरामीहरु लाई सुर्खेत आँखा अस्पताल र कानका विरामीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि रिफर गर्ने गरि कामको सुरुवात गरिएको कार्यक्रमका बागचौर नगरपालिका सामुदायिक संयोजक भरत देवकोटाले बताएका छन् । बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय स्थानीय समन्वय समिती गठन गरेर कामको सुरुवात गरिएको सामुदायिक संयोजक देवकोटाले बताएका हुन ।उनले हाल बागचौर नगरपालिकाका सम्पुर्ण वडा कार्यालय भित्र रहेका स्वास्थ्य संस्था तथा केहि वडाका महिला स्वास्थ्य संयम सेविका र विद्यालयहरुमा पुगी परियोजना वारे जानकारी दिने , समुदाय स्तरमा परियोजना वाट आँखा तथा कान स्वास्थ्य कार्यक्रम वारेमा जानकारी दिने लगाएतका कामहरु भैरहेको बताएका छन् ।
पहिलो चरणमा कान र आँखाका बिरामीको पहिचानका लागि नगरको वडा नं २ वडाचौर र सेराचौरमा ७६ जना स्थानीय बासीको आँखा र ६४ जनाको कान परिक्षण गरिएको छ ।
दुई दिन सम्म गरिएको परिक्षणमा ५४ जना महिला, २२ जना पुरुष को आँखा र २० जना पुरुष ४४ जना महिलाको कान परिक्षण गरिएको र त्यस मध्य केहि आँखा र कानको समस्या भएका विरामीहरुलाई उनिहरुको अभिभावक र परिवार संग समन्वय गरेर उपचारको लागी वाहिर रिफर गर्ने तयारी भैरहेको सामुदायिक संयोजक देवकोटाले बताएका हुन ।
यस्तै जिल्लाको शारदा नगरपालीकामा पनि नगरप्रमुख सुरेश अधिकारीको संयोजकत्वमा ११ सदस्यीय स्थानिय स्तरिय समन्वय समिती गठन गरिएर परियोजना सन्चालन लाई अगाडि बढाइएको छ ।