नेपाली काँग्रेसद्वारा सल्यान अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

नेपाली काङ्ग्रेस सल्यानले जिल्ला अस्पताल सल्यान लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीको आर्थिक सहयोगमा प्राप्त उक्त स्वास्थ्य सामाग्री जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरिएको नेपाली काङ्ग्रेस सल्यानले जनाएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय सल्यानलाई १ लाख ५० हजार रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाली काङ्ग्रेस सल्यान जिल्ला कार्यसमिति सचीव प्रकाश भण्डारी बताएका छन् ।उनले ५१ थान पिपि सेट,३० थान फेससिल,४ थान ग्लास लगाएतका स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य सल्यानका प्रमुख दशरथ श्रेष्ठ र डाक्टर प्रदीप शर्मालाई हस्तान्तरण गरिएको बताएका हुन ।

हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस सल्यानका जिल्ला सचिब चक्र देबकोटा,महाधिबेशन प्रतिनिधि प्रेम डाँगी,जिल्ला सदस्यहरु सुशिला खड्का,सुरेश अधिकारी,डिल्ली बुढाथोकी,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य युबराज रेग्मी,नेपाल संस्कृत संघका केन्द्रिय सदस्य सुरेश चन्द,काङ्ग्रेसका प्राण कुमार राई,बिष्णु शर्मा,द्रोण चन्द,रमेश

के.सी र नेविसंघका प्रबक्ता मोहन ओलीको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस