सल्यानमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले साउन १४ गतेबाट फेरी अर्को आदेश नआउदासम्मको लागि निषेधाज्ञा जारी भएको जनाएको हो ।
कार्यालयको फेसबुकबाट घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गर्नु भन्दै निषेधाज्ञाको निरन्तरता भएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले हस्ताक्षर गरेको आदेशको प्रतिकुल गर्नेलाई कार्वाहि गरिने पनि जनाइएको छ ।
औषधी पसल २४ सै घण्टा खुलेपनि अन्य बस्तु तथा सेवा खरिद विक्रि गर्ने व्यवसाय विहान ५ बजेदेखि राती ८ बजेसम्म खुल्ने भएका छन । विद्यालयको पढाई नहुने भएपनि विभिन्न परिक्षाहरु भने स्वास्थ्य मापदन्डको पालना गरेर संचालन हुनेछन ।
भिडमा हुने कार्यक्रम र पुजापाठ गर्न पाइनेछैन भने तोकिएको भाडादर तथा सिट क्षमतामा मात्रै सवारी साधन चलाउन पाइनेछ । सरकारी कार्याालय, बैक, निर्माण सम्बन्धी काम गर्ने व्यक्तिले पनि स्वास्थ्य मापदन्डको पालना गरेर निरन्तर सेवा दिनेछन ।

 

प्रतिक्रिया दिनुहोस