सल्यानमा एक सुत्केरी महिलाको हेलिकप्टर बाट उद्धार गरिएको छ ।
साउन ४ गते राती जिल्ला अस्पताल सल्यानमा सुत्केरी भएकी महोत्तरीको सोन्मा गाउँपालिका वडा नं. १ घर हाल सल्यान बस्दै आएकी बर्ष २१ कि अर्चना यादवलाई बिहिवार हेलिकप्टर मार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको हो ।
पहिलो बच्चा पनि अप्रेसन गरेर जन्माएको उनको दोस्रो बच्चा पनि अप्रेशन गरेर निकालिएको र बच्चा जन्मिसकेपछी साउन ६ गते बेलुका बाट सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेको र हातखुट्टा पनि सुन्निन थालेपछि संभावित जोखिमलाई मध्येनजर गर्दै “जोखिममा परेका सुत्केरी तथा गर्भवती महिला उद्धार कार्यक्रम” अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले बताए ।
उद्धार गरिएकी अर्चना यादवका श्रीमान त्रिभुवन जन माबी लुहापिङमा शिक्षण गर्दछन । अर्चना श्रीमान सँगै सल्यानमा बस्दै आएकी थिइन ।