शारदा नगरपालिकाले गर्‍यो नगरका एकल महिलाहरुलाई माहुरी बितरण

 

२४ असार २०७८/बिमला बस्नेत

सल्यानको शारदा नगरपालिकाले नगरका एकल महिलाहरुलाई घार सहितको माहुरी बितरण गरेको छ ।

समाजमा एकल जीवन गुजार्न बाध्य नगरपालिकाका भित्रका ५३ जना एकल महिलाहरुलाई घार सहितको माहुरी बितरण गरेको शारदा नगरपालिका सल्यानले जनाएको छ । बुधबार एकल महिलाहरुलाई माहुरी बितरण गर्दै शारदा नगरपालिका सल्यानकी उपप्रमुख साबित्रा बस्नेतले एकल महिलाहरुको आर्थिक सशक्तीकरण र ब्यवसायीक मौरी पालनलाई बढावा दिनको लागी आफुहरुले निशुल्क रुपमा माहुरी बितरण गरेको बताएकी हुन ।उनले एकल महिला हरुलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनको लागी पनि ब्यवसायमा जोड्न आफुहरुले माहुरी बितरण गरेको बताइन ।यस्तै शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले आर्थिक बर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत नगरका एकल महिलाहरुलाई माहुरी बितरण गरिएको बताएका छन् ।प्रमुख प्रशासकीय अधिकृत पाठकले शारदा नगरपालिकाका विभिन्न वडाहरु माहुरी पालनको लागी उचित देखिएकाले त्यता तिर पनि आफुहरुले ध्यान दिने बताएका हुन । उनले नगरमा ५३ जना एकल महिलाको आवेदन परेको र सबै लाई माहुरी बितरण गरिएको समेत बताए ।

 

शारदा नगरपालिकाका ५३ जना एकल महिला हरुलाई आफुहरुले (एपिस सेराना ) जातको घार माहुरी बितरण गरेको शारदा नगरपालिका कृषि शाखाका ना.प्रा.सा प्रकाश खड्काले बताएका छन ।उनले घार सहितको माहुरी,घुम्टो लगाएतका सामाग्री समेत बितरण गरेको बताए ।यस्तै खड्काका अनुसार बुधबार नै शारदा नगरपालिकाको कृषि शाखा बाट तरकारी खेती गर्न प्रयोग गरिने प्लास्टिक छाना बितरण गरिएको बताए । नगर भित्रका सहकारी,फर्म र समुहहरुलाई अनुदान प्लास्टिक छाना बितरण गरिएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस