सल्यानको बागचौर नगरपालिका पुर्णखोपयुक्त घोषणा, जिल्लाभर ७० वडा पूर्णखोपयुुक्त

बिमला बस्नेत

बागचौर नगरपालिका पुर्णखोपयुक्त घोषणा संगै जिल्लाका ७० वटा वडा पुर्ण खोपयुक्त भए २३ असार २०७८ सल्यानको बागचौर नगरपालिकालाई पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ । मंगलबार पुर्ण खोपयुक्त नगरपालिका घोषणा गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान लोकमान बुढाथोकीले,यस अघि नै घाेषणाकाे तयारि भएपनि कोभिड- १९ को कारण खोप युक्त नगरपालिका घोषणा गर्न केही ढिलाइ भएको बताएका छन् ।

फाल्गुण महिनामा बागचौर नगरपालिकाले पूर्ण खोप युक्त घोषणा गर्नको लागि नगरका स्वास्थ्यकर्मी तथा खोप समन्वय समितिलाई अभिमुखीकरण दिनुका साथै वडा स्तरमा वडा खोप समन्वय समिति, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण दिएर पूर्ण खोपको कार्यक्रम अगाडि बढाएको,तर कोभिड -१९ ले गर्दा असर पुर्याएको नगर प्रमुख बुढाथोकीले बताएका हुन ।

नगरका प्रत्येक वडामा १६ महिना देखि २३ महिना सम्मका बालबालिका हरुलाई खोज अनुसन्धान गरि कुनै पनि खोप लगाउन छुटेको नपाएपछि वडा खोप समन्वय समितिले नगर खोप समन्वय समितिलाई पूर्ण खोप वडा प्रमाणीकरणको लागि अनुरोध गरी नगर खोप समन्वय समितिले वडालाई पूर्ण खोप वडा घोषणाको लागि प्रक्रिया अगाडी बढाएको नगर प्रमुख बुढाथोकीले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ कुमार श्रेष्ठले बागचौर नगरपालिका पुर्ण खोपयुक्त नगरपालिका घोषणा हुँदा आफू खुसी भएको बताएका छन् ।उनले हाल सम्म जिल्लाका ७० वटा वडा पुर्ण खोपयुक्त घोषणा भैसकेको र बाकी स्थानीय तहहरुलाई पनि घोषणा गर्ने तयारीमा रहेको बताए ।

जिल्ला खोप समन्वय समितिका सदस्य सचिव समेत रहेका श्रेष्ठले नेपाल सरकारले १२ वटा रोगबिरुद्व बालबालिका लाई विभिन्न खाले खोप लगाउदै आएको बताएका छन् । जस अनुसार बागचौर नगरपालिकाको असार ८ गते बसेको नगर खोप समन्वय समितिको बैठकको निर्णयले असार ९ देखि १५ सम्म १२ वटै वडाहरूलाई पूर्ण खोप युक्त वडा घोषणा गर्ने निर्णय गरेको थियो । नगरपालिकामा एक वर्ष मुनिका ७ सय ७७ जना बालबालिकाहरू हाल विभिन्न खोप लगाइराखेको र १६ देखि २३ महिना सम्मका ५ सय ३ जना बालबालिकाहरूले पूर्ण खोप लगाएको बागचौर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर कठायतले बताए । कार्यक्रममा बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुन,नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल,इलाका प्रहरी कार्यालयका प्रमुख,इलाका प्रशासन कार्यालयका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस