रमीला मैनाली
१९ जेठ सल्यान
जिल्ला अस्पताल सल्यान परिसरमा निर्माण गरिएको आइसोलेसन भवन एक कार्यक्रमका बिच हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।
शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ वेडको शारदा सबुज भवन मंगलवार हस्तान्तरण संगै उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले जिल्ला अस्पतालमा बिरामी राख्ने समस्या भएको र नगरले आफ्नै आइसोलेसन निर्माण गर्न केही समस्या हुने भएकाले नगर भित्र रहेको जिल्ला अस्पतालमा २५ बेडको आइसोलेसन भवन निर्माण गरिएको बताएका छन् । जिल्ला अस्पताल सल्यानमा जिल्ला भित्र र छिमेकी जिल्लाका समेत बिरामी आउने भएकाले बिरामीको चाप बढेको र बिरामीलाई उपचार गर्ने प्रयाप्त ठाउँ नभएकोले आफुहरुले उक्त आइशोलेसन भवन निर्माण गरिएको बताए ।नगरप्रमुख अधिकारीले,नगरको प्राथमिकता शिक्षा र स्वास्थ्य रहेकोले नागरिकलाई कोरोनाबाट बचाउनको लागि नगर प्रतिबद्ध रहेको समेत बताएका थिय ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जिल्लामा कोराना संक्रमितको उपचारको लागि नगरपालिका र नेपाली सेनाले गरेको काम सराहनीय भएको बताएकी छिन ।
नगरपालिका र नेपाली सेनाले आइशोलेसन भवन निर्माण गरिसकेको र कोरोनाका बिरामीहरुलाई उपचार गर्न प्रयाप्त मात्रामा अक्सिजन सिलिन्डर,अक्सिजन कन्सन्ट्रेटर लगाएत आवश्यक स्वास्थ्य सामाग्री ब्यवस्थापन गर्न सम्बन्धित पक्षलाई सुझाव दिएकी थिइन ।
यस्तै सबुज गण सिमखर्कका प्रमुख सेनानी कन्चन बस्नेतले सबै क्षेत्रको सहयोग र सहकार्यमा भवन निर्माण भएको बताएका छन् ।आफुहरुको एकहप्ता भित्रमा आइसोलेसन भवन निर्माण गर्ने लक्ष्य रहेता पनि,निषेधाज्ञाका कारण निर्माण सामाग्री आयातमा समस्या र बर्षातका कारण १५ दिनमा भवन निर्माण कार्य सकिएको बताएका थिय । उक्त भवन निर्माण क्याप्टेन दिपक बुढाथोकीको नेतृत्वमा नेपाली सेनाने गरेको उनले बताए ।
हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष सिपि ओलीले अस्पतालको स्तरोन्नतीको लागि सबै क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका छ्न, सल्यान अस्पताल जिल्ला लगाएत छिमेकी जिल्लाका बिरामीको सेवा क्षेत्र भित्र रहेकाले सबै मिलेर अस्पतालको बिकास गर्नु पर्ने बताएका हुन ।
यस्तै शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर राज पाठकले कोरोना र बिपतजन्य घटनाको अबधिमा प्रयोग गर्न सकिने गरि भवन निर्माण गरिएको बताएका छन्,पाठकले उक्त आइशोलेसन निर्माणले बिरामीहरुको उपचारमा सहजता आउने बताएका थिए ।
शारदा नगरपालिकाको १५ लाख आर्थिक सहयोग र नेपाली सेनाको करिव १० लाखको श्रमदानमा उक्त शारदा सबुज भवन निर्माण गरिएको नगरपालिकाका योजना शाखा प्रमुख केशव बुढाथोकीले बताए ।उक्त भवन मंगलवार जिल्ला अस्पताल सल्यान लाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रमको संचालन शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गरेका थिय ।