सल्यानको दार्मामा शहीद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु गरेको छ ।

बिमला बस्नेत ।                                               चैत्र२७, सल्यान                                           सल्यानको दार्मा गाउँपालिकाले शहीद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु गरेको छ ।

शुक्रबार उक्त कार्यक्रमको उद्घाटन गर्द्वै दार्मा गाउँपालिकाका अध्यक्ष निम वहादुर केसीले अभाव तनाव, दवाव र हारसंग न डराएर नियमित रुपमा खेलक्षेत्रमा लागि परे त्यसलाई वास्तविक खेलाडी हुन सहज हुने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले दार्मा गाउँपालिकाले खेल क्षेत्रलाई बिकास गर्न र खेलाडीहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले विभिन्न खाले कार्यक्रमहरु संचालन गर्द्वै आएको र आगामी दिनमा पनि त्यसलाई निरंतरता दिने बताएका हुन । दार्मा गाउँपालिका भित्रका शहिदहरुको बलिदानलाई सम्मान गर्नको लागि यस बर्ष देखि गाउँपालिकाले अध्यक्ष कपको ठाउँमा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड नामाकरण गरेर कार्यक्रम संचालन गरेको बताएका थिय । अध्यक्ष केसीले खेलाडीहरुलाई लगनशील अनुशासित भएर कार्यक्रममा भाग लिन आग्रह गरे उनले कार्यक्रममा सहभागी खेलाडीहरुलाई आफू उपस्थित भएको बिधालय र आफ्नो पहिचान जोगाउनको लागि खेलकुद खेल्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाकी उपाध्यक्ष टीका शर्मा वलीले पछिल्लो समयमा खेल क्षेत्रमा छात्र छात्राको समान सहभागीता रहदै आइ रहेकाले त्यसलाई निरंतरता दिदै अगाडि बढ्न आग्रह गरिन ।छोरीहरुले पनि राष्ट्रको गरिमा जोगाउन खेलकुदमा महत्त्वपूर्ण भुमिका खेल्दै आएकाले त्यसमा दार्मा गाउँपालिका भित्रका छोरीहरुलाई अगाडि बढ्न आग्रह गरिन ।उनले आत्म रक्षा र देशको स्वाभिमान र पहिचान जोगाउनको लागि पनि खेलकुदको महत्त्वपूर्ण भुमिका रहने भएकाले त्यसमा लाग्न अनुरोध गरिन ।बिशिस्ट अतिथि समेत रहेकी वलीले दार्मा गाउँपालिका भित्रका खेलाडीहरुले जिल्ला देखि राष्ट्रिय स्तर सम्म आफ्नो पहिचान दिन सफल भएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले खेलाडी,राष्ट्र र खेलको पहिचान दिने बिधा भएको बताएका छन् ।खेलाडीले अनुशासित र दृढ़ बिश्वासका साथ खेलमा भाग लिएर दृर्घकालिन सोच सहित खेले सफलता प्राप्त गर्ने बताएका थिय ।उनले खेलाडीहरुलाई निरन्तर रुपमा खेल क्षेत्रमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, बिधालयका प्रधानध्यापक,बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लगाएत वडा अध्यक्षहरुले सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड सफलताको लागि शुभकामना मन्तव्य राखेका थिय ।

वडा नं.३ का वडा अध्यक्ष सेतिराम रोकाको अध्यक्षतामा भएको कार्यक्रममा,भलिबल,कपर्दी,हाइजम्प लङ जम्प,त्रीप्पल जम्प,दौड,ज्याब्लिङ थ्रो लगाएत २८ वटा खेलहरु संचालन गरिने र ६ वटा बिधालयको सहभागीता रहेको उक्त कार्यक्रमको संचालन दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख शेरप्रशाद ढकालले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस