नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) बागचौर नगरकमिटीले शाहीद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि महान जनयुद्धको २६ औ बार्षिकोत्सको सन्दर्भमा नगर भित्रका ४५ जना शाहीद तथा बेपत्ता परिवार लाई अभिनन्दन गरेको नेकपा बागचौर नगरकमीटीले जनाएको छ । अभिनन्दन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पाटी नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले शाहीदहरुको बलिदान बाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । तत्कालीन नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा सरकारी पक्ष बाट पहिलो सहिद भएका,दिलबहादुर रम्तेल लगाएत सल्यान जिल्लाको इतिहासमा खिम बहादुर डिसी,हेमराज केसी,धनबहादुर थापा लगाएत २ सय ४४ जना सहिद हरु प्रती सम्मानका साथ् श्रद्धाञ्जली व्यक्त गर्द्वै परिवार र आफन्तजनमा अधुरो क्रान्तिलाई पूरा गर्ने मार्गमा लाग्न अनुरोध गरे ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बस्नेतले दुई ठुला पाटीको एकता पछि बनेको नेपाल कम्युनिस्ट पाटी( नेकपा ) समाजवाद सम्म पुग्नको लागि नयाँ ढंग बाट विधि बिधानलाई टेकेर अगाडि लैजान आफुहरु लागि परेको बताएका हुन ।
कार्यक्रममा बोल्दै नेकपाका कर्णाली प्रदेश सदस्य तथा सल्यान क्षेत्र नं. १ का इन्चार्ज कृति बहादुर पुन ( प्रकाण्ड) ले शहिदहरुको बलिदानी पुर्ण इतिहास लाई पाटी नेता कार्यकर्ताले भुल्न नहुने बताएका छन् । पुनले सहिद तथा बेपत्ता परिवारको त्याग तपस्यालाई सधै भरी पाटीले उच्च सम्मानका साथ हेर्नू पर्ने बताएका हुन ।यस्तै कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमीटी सदस्य तथा बागचौर नगरकमीटीका इन्चार्ज टिकाराम वली ( दर्शन ) ले सल्यान जिल्लामा पहिलो पटक सहिद बन्ने तिनै जनाहरु प्रति सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गरेका थिय ।उनले बागचौरको घटनालाई सम्झदै आफू पनि त्यही आन्दोलनको अग्रभागमा रहेर काम गरेको बताएका हुन । कार्यक्रममा नेकपा कर्णाली प्रदेश सदस्य तथा त्रीबेणी गाउँकमीटी इन्चार्ज टीका बुढाथोकी,शिद्वकुमाख गाउँकमीटी इन्चार्ज सुम्निमा डिसी,जिल्ला कमीटी सदस्य भोला केसी,रमेश गौतम,हरीबहादुर डिसी,कल्पना पुन,तुलसीराम घर्ती,मोहन बुढाथोकी, किसान महासंघका केन्द्रिय सदस्य कलिराम वली,युवा संघ नेपालका केन्द्रिय सदस्य सोभाराम भण्डारी लगाएतले शहिदहरुका सपना लाई पूरा गर्न पाटीलाई एक भएर अगाडि लैजानुको विकल्प नरहेको बताए ।उनिहरुले शहिदहरुको गौरवपुर्ण बलिदान लाई गौरवपुर्ण इतिहास लेखाउन सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा २०५४ साल फागुन १४ गते सल्यानको बागचौरमा तत्कालीन सरकार द्वारा हत्या गरेका खिमबहादुर डिसी, हेमराज केसी,धनबहादुर थापाको शालिकमा माल्यर्पण गरीनुका साथै नगर भित्रका सम्पुर्ण सहिद तथा बेपत्ता परीवारका सदस्यहरुलाई टीका दोसल्लाले अभिनन्दन गरिएको थियो । नेकपा सल्यानकी जिल्ला सदस्य कल्पना पुनको स्वागत मन्तव्य तथा जिल्ला कमीटी सदस्य बागचौर नगरकमीटीका सचीव लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन बागचौर नगरकमीटी संयोजक ज्ञानेश्वर केसीले गरेका थिय ।