सल्यानका पत्रकारहरुलाई एक दिने आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम

सल्यानका पत्रकारहरुलाई एक दिने आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएकाे छ। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको समन्वयमा जिल्लाका कृयाशिल पत्रकारहरुलाई तालिम प्रदान गरिएको हो ।

तालिममा आँखा स्वस्थ राख्ने तरीका, आँखामा लाग्ने रोगहरु, मोति बिन्दु, जलबिन्दुका प्रशिक्षाण गराईएको थियो ।
तालिममा नेत्र विशेषज्ञ शालिकराम गौतमले सानो लार्पवाहीले आखाँको ज्योती गुम्न सक्ने भएकाले आखाँ लाई सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्ने बताए । आखा मानिसको महत्वपूर्ण अंग भएकाले ६ महिनाको अन्तररालमा चेकजाँच गर्न र नियमित सरसफाई ध्यान दिनु पर्ने समेत वताए। उनले आँखामा जथाभावी तेल, गाजल लगाउने जस्ता कार्य गर्न नहुने पनि बताए ।

नेपाल नेत्रज्योति संघ दागका स’चना अधिकारी वाला राम खड्काले आँखा स्वास्थ्यका विषयमा स्थानीय सरकार संग सहकार्य गरी समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भैरहेको वताए । नेपाल नेत्र ज्वोती संघले स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयम सेवक, शिक्षक, बिद्यार्थिहरुको माझमा उज्यालो कार्यक्रम लिएर आँखा स्वास्थ्य शिबिर प्रदान गरिरहेको बताए ।

स्थानिय तहको प्रत्येक पालिकाहरुमा पनि आँखा स्वास्थ्य कार्यक्रम संचालन गरिहेक बताए । कार्यक्रममा सहभागि पत्रकारहरुले आखा स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यमा सहकार्य गर्न तयार रहेको वताएका थिए । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ दाङका सह सचिव शर्मिला डिसी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस