बिकासको मोडेललाइ आधुनिकतामा लैजाने : सांसद गुलाबजंग शाह

  1. २६ भदौ, सल्यान ।                        सल्यान  प्रदेश सभा ( क) का सांसद गुलावजङ्ग शाहले राज्यबाट छुट्याइने पैसा र ब्यक्ति उत्पादनमा जोडिने कुराले बिकासको मोडेललाई आधुनिकतामा लैजाने बताए ।

शुक्रवार शारदा नगरपालिका वडा नं.७ को सिरचौर हुँदै लेख जोड्ने सडक निर्माण योजनाको उद्घाटन गर्द्वै शाहले योस्तो बताएका हुन । कर्णाली प्रदेश पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा २० लाख रकम बाट निर्मित भएको सडकको उद्घाटन कार्यक्रममा बोल्दै शाहले सल्यान जिल्ला कर्णाली प्रदेशका अन्य जिल्ला भन्दा बिकासको हिसाबले संभावनै संभावना बोकेको जिल्ला भएको बताएका छन् ।नेकपाका केन्द्रिय सदस्य,नेकपा कर्णाली प्रदेश सांसदिय दलका प्रमुख सचेतक तथा नेकपा सल्यानका जिल्ला सह इन्चार्ज समेत रहेका शाहले जिल्लामा सुन्तला,अदुवा,टिमुर लगाएत अन्य कृषि जन्य बस्तु,पर्यटन पर्वद्वनको लागि प्राकृतिक सम्पदाहरु प्रशस्त मात्रामा हुनुले जिल्लाको बिकास निर्माणमा टेवा पुग्ने बताए ।उनले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने ४२ वटा वडाको गहिरो अध्यान गरेर कुन ठाउँमा कस्तो खाले बिकासको आवश्यक हो र त्यसको दृर्घकालिन महत्व केहो भन्ने कुरालाई मध्यनजर गर्द्वै बजेट बिनियोज गरेको बताए ।सडक उद्घाटन गर्द्वै शाहले शारदा नगरपालिका वडा नं.७ भौगोलिक अवस्था र शारदा नगरपालिकाको नेतित्वले उपेक्षित गरेको वडा भएको बताएका छ्न ।उनले फरक राजनीतिक बिचारधाराकै आधारमा नेतित्वले वडा लाई हेर्ने फरक दृष्टिले आम वडा बासीलाई नै घाटा पुगेको बताएका छ्न। शाहले त्यस्तो प्रवृत्तिलाई चुनौती दिदै सकारात्मक राजनैतिक संस्कार बसाल्नका लागि र आफ्नो कर्तव्य र दायित्वलाई जनता सामु पुर्‍याउनको लागि वडा नं.७ को रामेखोला देखि बनगाड सम्म जोड्ने सडक निर्माणको लागि गत बर्ष ५० लाख बजेट बिनियोजन गरिएको,रामेखोला सिरचौर हुँदै लेख जोडने सडकमा २० लाख बजेट बिनियोजन गरिएको र संघिय सरकार बाट वडा नं. ७ लाई बिधुतिकरणको लागि लाखौ रकम छुट्याइएको र उक्त रकम कोरोनाको कारण प्रयोगमा आउन समेत नसकेको बताए । उनले आफ्न मतदाता,कार्यकर्ता,शुभचिन्तक सबैलाई इमानदार भएर बिकास निर्माणको कार्यमा लाग्न अनुरोध गरेका छ्न भने,जनताको बिकासका लागि तिनै तहका सरकार संग सहकार्य गर्न समेत तयार रहेको बताएका थिय ।

सिरचौर हुँदै लेख जोड्ने सडक निर्माण समितिका अध्यक्ष खुमराज बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै,नेकपा सल्यानका जिल्ला सदस्य रमेश गौतम,दिपेन्द्र प्रकाश डिसी ,नेकपा शारदा नगरकमिटी अध्यक्ष नवीनसिंह भडेल,नगरकमिटी सदस्य मनबिर रोकाले संघिय लोकतान्त्रिक गणतन्त्र पछि देशले बिकास निर्माणको कार्यमा मुहार फेरेको बताएका छन् ।कम्युनिस्ट सरकारले जनताको लागि अझै दृर्घकालिन बिकासका योजनाहरु ल्याउने र समृद्ध देश निर्माणको कार्यमा अगाडि बढी रहेको हुनाले यसमा साथ दिन आफ्न नेता कार्यकताहरुमा समेत आग्रह गरेका थिय ।उनी हरुले पुर्वाधार बिकासले मात्र आफ्नो तहको बिकास निर्माणले समृद्ध देश नहुने भन्दै नयाँ उत्पादन मुलुक,चेतनामूलक र परिवर्तनमुलक कार्यमा अग्रसर हुन समेत अनुरोध गरे ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष लिला बहादुर रोकाले वडा बासीको मतको कदर गर्दै जटिल परिस्थितिमा पनि वडाको बिकासको लागि आफू लागि परेको बताए । शारदा नगरपालिकामा कम्युनिस्ट पाटी बाट बिजय भएका जनप्रतिनिधिहरु अल्पमतमा भएका कारण सोछे जति बिकास आफुले गर्न नसकेको वडा बासीलाई बताए ।

प्रतिक्रिया दिनुहोस