मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखाद्वारा १ लाख रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण

चैत २६, सल्यान
मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखाले १ लाख रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । ।

सल्यानमा रहेको मुक्तीनाथ बिकास बैंकले कोरोना भाइरस महामारीको कारण नेपाल सरकारले लगाएको लगडाउनबाट प्रभावितहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्लाका शारदा नगरपालिका र छत्रेस्वरी गाउपालिकालाई १ लाख रुपैया बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।

आज श्रीनगरमा आयोजित एक कार्यक्रमका बिच मुक्तीनाथ बिकास बैंक श्रीनगरका प्रबन्धक सुनिल रेग्मीले हस्तान्तरण गरेका थिए, खाद्यान्न सामाग्री
छत्रेस्वरी गाउपालिकाको तर्फबाट अध्यक्ष सन्तोष केसी र शारदा नगरपालिकाको तर्फबाट उपप्रमुख साबित्रा बस्नेत र शानपा १ का वडा अध्यक्ष नबराज बुढाथोकीले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

नेपालमा लगडाउन सुरु भएपछी दैनिक काम गरेर खाने बिपन्न वर्गहरुलाई दैनिकी चलाउले समस्या भएकाले खाद्यान्न सामाग्री वितरण गरिएको मुक्तीनाथ बैंक श्रीनगर शाखाबाट हरिप्रकाश वलीले जानकारी दिए । खाद्यान्न सामाग्रीमा चामल, दाल, तेल, नुन, चिनी, साबुन लागाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको उनको भनाइ छ ।

मुक्तिनाथ  बिकास बैंक श्रीनगर शाखाले छत्रेस्वरी गाउपालिका र शारदा नगरपालिकाका ५० /५० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । ।

प्रतिक्रिया दिनुहोस