दियो अनलाइनको भिडियो प्रभाव, विदेशमा रहेका राजेन्द्रले दिए दृष्टिविहीनलाई सहयोग ।

चैत्र २५, सल्यान ।

सल्यान शारदा नगरवपालिका वडा नं. १२ मा रहेको दृष्टिविहिन दाजुभाई कर्ण बहादुर सुनार र रुद्र बहादुर सुनारको दयनिय अवस्थाको बारेमा १ वर्ष अगाडी दियो अनलाइनले भिडियो सामग्री तयार पारेको थियो, जसलाई हेरेर केही महिना अगाडी पनि स्थानीय सुरेन्द्र बुढाको पहलमा १७ हजार बराबरको खाद्यान्न सहयोग गरिएको थियो । त्यस्तै बैदेशीक रोजगारको क्रममा मलेसियामा रहेका राजेन्द्र कुमार नेपालीको परिवारबाट खाद्यान्न सहयोग गरेका छन ।

लकडाउनको समयमा केही राहत होस भनि अति बिपन्न दृष्टिबिहीन दाजुभाई कर्ण बहादुर सुनार र रुद्र बहादुर सुनारको परिवारलाइ ५० किलो चामल ,४ किलो दाल , ४ लिटर खाने तेल २ किलो आयोडिन नुन २ किलो चिनी ५० पिस चाउचाउ प्रदान गरिएको हो ।

आफुहरु जस्ता अपांग र असहायलाई यस्ता सहयोग गरेका राजेन्द्र कुमार नेपाली लगायत यसमा साथ दिने सबै सहयोगी दातालाई राहत लिने असहायहरुले धन्यवाद व्यक्त गरेका छन । समाजसेवी मेघ राज बस्नेत को पहलमा राहत प्रदान गरिएको हो ।

उनिहरुको अवस्थाबारे तयार पारिएको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस