नेकपा सल्यानको वडा सम्म नेतृत्व टुंगियो (नामावली सहित )

दियो अनलाइन
भाद्र ११, सल्यान

नेकपा सल्यानले जिल्लाका सबै स्थानिय तहमा पार्टी नेतृत्वको टुंगो लगाएको छ । पार्टीको जिल्ला कमिटी पुर्ण बैठकले जिल्लाका १० वटै स्थानिय तहको अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर २ बर्ष अघि एउटै बनेको नेकपाले स्थानिय तहमा बराबर भागबण्डा गरेको छ । जस अनुसार सबै तहका अध्यक्ष र सचिवको टुंगो लागेको हो । पुर्व एमालेबाट अध्यक्ष हुने स्थानिय तहमा पुर्व माओवादीबाट सचिव र पुर्व माओवादीको अध्यक्ष हुने स्थानिय तहमा एमालेबाट सचिव बनेका छन ।
पुर्व एमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी अनि पुर्व माओवादीबाट शारदा, बन्गाडकुपिण्डे, दार्मा, कु्माख, र कालिमाटीमा नेतृत्व लिएका छन ।

बागचौरमा घनश्याम शर्मा अध्यक्ष र लोकमान बुढाथोकी, कपुरकोट घनश्याम शर्मा अध्यक्ष तिर्थ राज बस्नेत सुचिव, त्रिवेणी लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाखमा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव अनि छत्रेश्वरीमा ओज बहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्का सचिव बनेका छन ।
शारदामा नविन सिंह भडेल अध्यक्ष र यौवन प्रकाश श्रेष्ठ सचिव, बन्गाडकुपिण्डमा कृती बहादु्र राना अध्यक्ष र गुन्जमान बुढा सचिव, दार्मामा असविर बुढाथोकी अध्यक्ष र दल बहादुर केसी सचिव, कुमाखमा चन्द्र बहादुर राना अध्यक्ष र भैरव शाहा सचिव अनि कालिमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसी सचिव बनेका छन ।

त्यस्तै वडा स्तरमा पनि नेतृत्व कसले लिने भन्नेमा पनि जिम्मेवारी बाँडफाँड भएको छ । पुर्व एमालेको तर्फबाट शारदाका १, २, ५, ६, ८, ११, १२ र १४ नं वडा र पुर्व माओवादीको तर्फबाट ३, ४, ७, ९, १०, १३ र १५ जिम्मेवारी बाँडिएको छ ।
बन्गाड कुपिन्डेका १, ३, ४, ७, ९, १० र १२ पुर्व एमाले अनि २, ५, ६, ८ र ११ पुर्व माओवादीले जिम्मेवारी लिने भएको छ । यता बागचौर नगरपालिकाका २, ५, ९, १० र १२ पुर्व एमाले अनि १, ३, ४, ६, ७, ८ र ११ पुर्व माओवादीको जिम्मामा परेका छन । त्यस्तै कुमाख गाउँपालिकाका १, ३ र ६ पुर्व एमाले अनि २, ४, ५, ७ पुर्व माओवादीको जिम्मामा छन ।
दार्मा गाउँपालिकाका १, ३, ६ मा पुर्व एमाले र २, ४, ५ मा पुर्व माओवादीको तर्फबाट नेतृत्व हुनेछ भने सिद्ध कुमाख गाउँपालिकाका ३, ४, ५ पुर्व एमाले अनि १र २ पुर्व माओवादीले चलाउने छन ।

छत्रेश्वरीका ३, ४, ५ पुर्व एमाले र १, २, ६, ७ पुर्व माओवादी अनि त्रिवेणीका १, ४, ५ पुर्व एमाले र २, ३, र ६ पुर्व माओवादीका अध्यक्ष हुनेछन । कपुरकोटका ३, ४, ५ पुर्व एमाले र १, २, ६ पुर्व माओवादी अनि कालिमाटीका १, २, ३, ४ पुर्व एमाले र ५, ६, ७ पुर्व माओवादीका अध्यक्ष हुनेछन ।
सल्यानका ८३ वडाहरु मध्ये ४२ पुर्व एमाले र ४१ पुर्व माओवादीको जिम्मामा परेका छन ।
बुधबारको बैठकले स्थानिय तहका नेतृत्व चयन संगै दुवै पार्टिको जिन्सि तथा नगद एउटै बनाउने र दशै तिहारको शुभकामना कार्यक्रम राख्ने निर्णय गरेको नेकपा जिल्ला सदस्य हिमाल यात्रीले जानकारी दिए ।
नेकपा प्रदेश सह इन्चार्ज यमालाल कडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा केन्दिैय सदस्य तथा अर्का सहइन्चार्ज प्रकाश ज्वाला, जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र सहइन्चार्ज गुलावजंग शाह लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कर्ण बहादु्र बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस