कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सल्यान सुरु

३१ जेष्ठ, सल्यान

कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सल्यान खलंगामा शुरु भएको छ ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति सल्यानको आयोजनामा संचालित प्रतियोगिताको आज एक कार्यक्रमका विच उद्घाटन भएको छ ।
सल्यान जाऔं, आन्तरीक पर्यटन प्रवद्र्धन गरौ भन्ने नाराका साथ संचालन गर्न लागिएको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागीता रहेको छ ।
शारदा नगरपालिका २ खलंगामा रहेको टुडिखेल मैदानमा भएको उद्घाटन कार्यक्रमलाइ सम्बोधनका गर्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले खेलको क्षेत्रबाट देशलाइ चिनाउनुपर्न बताएका छन । उनले यदि देश तथा समाजका लागि केहि गर्न नसकेपनि खेलाडीले अफ्नालागी पनि काम गर्नुपर्ने बताए ।
कार्यक्रमका अर्का अतिथी प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले खेलले मानिसलाइ अनुशासनमा राख्ने बताएका छन । जयराम सिंह लगायतले सम्बोधन गरेका थिए ।
शसिराम बिकले संचालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक गोपाल भण्डारीले गरेका थिए । भोली सम्म हुने प्रतियोगिताका लागि कर्णालीका विभिन्न जिल्लाबाट विभिन्न उम्मेर तथा ताल समूहका प्रतियोगीले भाग लिएका छन ।

प्रतिक्रिया दिनुहोस