इन्द्र बुढाथोकी
भाद्र ११, सल्यान
अनाधिकृत रुपमा खनिएको सडकको माटो बाढिले बगाउदा जिल्लाका अधिकांस स्थानको खेतीयोग्य जमिन बगरमा परिणत बन्दै जान थालेको छ । सामाजिक प्रभाव मूल्यांकन विनै खनिएका सडकले पछिल्लो समय खेतीयोग्य जनि मासिदै जान थालेको हो । रहरमा खनिएका सडकको माटो वाढिले बगाउदा जीविकोपार्जन गर्ने माध्यम बनेको खेतबारी बगरमा परिणत भएका छन् ।
बन्गाड कुपिन्डे नगरपालिका वडा न १० टाट्केको खहरेखोलामा बाढि आउदा २० रोपनी भन्दा बढि खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । खहरे खोलाले सडकको माटो बगाउदा आफ्नो खेतबारी बगरमा परिणत भएको स्थानीय खुमलाल वलीले बताए । सडक खनियो न उक्त सडकमा गाडी गुड्छन खेतबारीको मात्रै नास भएको छ उनले भने । खहरे खोलाकै कारण खेतसँगै घर पनि जोखिममा रहेकाले घरमा समेत बस्न छोडेको उनको भनाई छ । प्रदेश सरकारबाट बाढि नियन्त्रणमा लागि १० लाखमा जाली हानिए पनि खनिएको सडकले कारण जाली पुरि जमिन बगरमा परिणत हुने क्रम नरोकिएको अर्का किसान हरि बहादुर थापाले बताए । उक्त खहरे खोलाले मानविय क्षति अहिलेसम्म नभएपनि धानखेत बगरमा परिणत गरिदिएको बताए ।