१८ फाल्गुन, सल्यान
सल्यानको बाँफुखोला देखी भारतको सिम्ला सम्म शुक्रवार देखि सिधा बस सेवा संचालन गरिएको छ ।
शुक्रवार सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका अध्यक्ष तथा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले रिबन काटेर सल्यान देखी सिम्ला सम्मको नियमित बस सेवाको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले समयको माग र जनताको चाहानालाई मध्यनजर गर्द्वै पछील्लो समयमा सल्यान रुकुम यातायात ब्यवसाय समितिले सल्यान देखी भारतको सिम्ला सम्म यात्रुबाहक सुपर डिलक्स बस संचालन गरेको बताउँनु भयो ।उहाँले आरामदायी तथा बिस्वस्नियता यात्राको लागी आफ्नो समितिले कुनै पनि कसर बाँकि न राख्ने बताउनु भयो ।यदि समितिको सेवामा कतै केहि कुराको कमि देखिय समितिमा जानकारी गराउन यात्रुहरुलाई अनुरोध समेत गर्नु भएको थियो ।
उक्त सेवाले भारतको सिम्ला लगाएतका भुभाग र सल्यान,रुकुम,रोल्पा,दाङको सम्बन्धलाई नजिक गराएको बताउँनु भयो ।
प्रत्येक साताको शुक्रबार मध्यहण १२ बजे सल्यान, बाँफुखोलाको दोभान बजारबाट गाडी छुट्ने समितिका डाइल इन्चार्ज सोभाकर थापा ( सुनिल)ले जानकारी दिनु भयो ।सल्यान बाँफुखोला देखी भारतको सिम्ला सम्म ३ हजार ८ सय २६ रुपैया भाडा समितिले निर्धारण गरेको उहाँले बताउँनु भयो ।शुक्रबार पहिलो पटक सल्यान रुकुम यातायात ब्यवसायी समितिको ना ४ ख ७४०४ नम्बरको सुपर डिलक्स बस सल्यान देखी भारतको सिम्लाका लागी छुटाइएको हो ।