१६ असोज, जनकपुरधाम ।
एक महिनापछि प्रदेश २ को संसद बैठक बस्ने भएको छ । बैठक असोज १८ गते ३ बजेलाई बोलाइएको प्रदेश संसद सचिवालयले जनाएको छ ।
भदाै १६ गते स्थगित भएको प्रदेशसभा बैठक एक महिनापछि बोलाइएको हो । प्रदेश संसद बैठकमा छलफल गर्न विधेयकको अभाव भएपछि बैठक स्थगित गरिएको हो ।
प्रदेश सरकारले कुनै बिजनेस दिन नसकेपछि प्रदेशसभा सचिवालयले १६ भदौमा अर्काे सूचना प्रकाशित नभएसम्मको लागि सूचना टाँस गरी वैठक स्थगित भएको जानकारी गराएको थियो ।
असोज १८ गते बस्ने बैठकमा प्रदेश सरकारले करार सेवामा कर्मचारी भर्ना, प्रशासकीय कार्यविधि, यातायात व्यवस्थासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी गरेको छ ।
प्रदेश बैठकबाट हाल सम्म १३ वटा विधेयकमात्र पारित भएको छ । प्रदेश नम्बर २ ले स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी महत्वपूर्ण विधेयक प्रदेश २ को सरकारल अझै संसदमा ल्याउन सकेको छैन ।
copy: onlinekhhabar