बिचल्ली परेका बच्चाहरुको गाँस जुटाउदै समाज सेवी इशा गुरुङ

 काठमाडौं । बाबुको क्यान्सरका कारण मृत्यु भएपछी टुहुरा बनेका बाजुराका ५ बालबालिकाहरुलाई आमाले पनि छोडेर अरुसंग लागेपछि बिचल्लीमा परेका थिए । आफुलाई जन्म दिने अभिभावक बिहिन बनेपछि बेवारिसे जस्तै बनेका नावालकहरुलाई १३ वर्षीय पार्वतीले हेरचाह गर्दै आएकी थिइन् ।

उनीहरुले गाउँमा मागेर खाइरहेका थिए।

यसरि बाजुराको बडिमालिका– ५ मना गाँउका पाँच जना बालबालिका अभिभावक बिहिन बिचल्लीमा परेको बाजुराकै पत्रकार प्रकाश सिङ द्वारा खबर पाएपछि युकेबाट अहोरात्र समाज सेवामा लागिपरेकी इशा गुरुङ अलपत्र परेका बच्चाहरुको गाँस जुटाई दिन सहयोग अभियानमा जुटेकी छन् । नेपालबाट समाज सेवी खुसि राईले सहयोगका लागि समन्वय गरिरहेकी छिन ।

समाज सेवी इशा गुरुङको पहलमा देश विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । उनको सहयोग अभियानमा भगवानरुपी दयालु हृदयहरुले देश विदेशबाट साथ् दिईरहेका छन् ।

पबित्र समाज संस्थाले सबै बच्चाहरुको रेखदेख गर्ने जिम्मा लियो

देश विदेशबाट सहयोग अभियानमा जुटे लगतै इशा गुरुङको समन्वयमा दीक्षा चापागाईको नेतृत्वमा रहेको पबित्र समाज संस्थाले बिचल्लीमा परेका सबै बालबालिकाहरुलाई लालनपालन र पढाइलेखाइको लागि जिम्मा लिने भएको छ ।

समाज सेवी इशा गुरुङका अनुसार बेवारिसे बच्चाहरुको रेखदेख गर्नका लागि दीक्षा चापागाईले अनुरोध गरेपछी अब पवित्र समाज संस्थाले सबै बच्चाहरुको जिम्मा लिने भएको छ ।

बाजुराका स्थानीय संचारकर्मी प्रकाश सिङ, काठमाडौंमा रहेर समाज सेवामा लागि परेकी खुसि राई, युकेमा रहने चर्चित समाज सेवी इशा गुरुङ र पबित्र समाज संस्थाकि संचालिका दीक्षा चापागाई बीचको समन्वय द्वारा बाजुराका बेवारिसे बच्चाहरुको रेखेदेख देखि पठनपाठनको सम्पूर्ण जिम्मा पबित्र समाज संस्थाले लिने भएको छ ।

कसरि बिचल्लीमा परे बच्चाहरु ?

करिब तीन वर्षअघि मनाका राम बहादुर साउदको क्यान्सरका कारण ४३ वर्षको उमेरमा मृत्यु भयो । पतिको मृत्यु भएको १० महिना नपुग्दै पत्नी बिर्मा साउदले अर्को विवाह गरिन्– छोराछोरी रेखदेखको कुनै व्यवस्था नगरेरै उनि आर्कै संग लागिन ।

अहिले रामबहादुर र बिर्माका छोराछोरी १३ वर्षीय पार्वती, ११ वर्षीया सोबिना, ९ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र ४ वर्षीय रोशन बेवारिसे जस्तै भएका छन् ।

बिर्मा अर्को बिहे गरेर जाँदा कान्छो रोशन १२ महीनाको थियो । त्यसपछि केही समय उनीहरुकी फुपु पर्ने कोर्धुकी जमुना बडुवालले केही महिना बालबालिकाको रेखदेख गरेकी थिइन् । अहिले जमुनाले समेत उनीहरुको स्याहार गर्न नसक्ने भएपछि बालबालिका अलपत्र परेका हुन् ।

प्रतिक्रिया दिनुहोस