तीन जना स्वर्गीय अध्यक्षहरुको सम्झनामा शान्तिधाम प्रतिक्षालय निर्माण

२ कार्तिक २०८२/ दाङ

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङले स्वर्गीय अध्यक्षहरुको सम्झनामा शान्तिधाम प्रतिक्षालय निर्माण गरेको छ ।

प्रा.लि.ले जिल्लाको तुलसीपुर उप महानगरपालिका वडा नं.१२ सितलपुरमा उक्त प्रतिक्षालय निर्माण गरेको हो ।

सितलपुर घाटमा मलामीहरुलाई बस्नको लागी सहजहोस भन्ने उद्देश्यले प्रा.लि.का संस्थापक अध्यक्ष स्वर्गीय विश्वनाथ पोख्रेल ,पुर्व अध्यक्षहरु, स्वर्गीय,देवि प्रशाद धिताल ( हेमराज ) र स्वर्गीय जितेन्द्र बहादुर शाहको सम्झनामा उक्त प्रतिक्षालय निर्माण गरिएको प्रालिका अध्यक्ष सुरेश हमालले बताउनु भएको छ ।
उहाँले तत्कालीन राप्ती अञ्चल वस व्यवसायी समिति र हालको रुपान्तरित त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिलाई यहाँ सम्म ल्याउनको लागि तिनै जना स्वर्गीय अध्यक्षहरुको भुमिका स्मरणीय रहेको बताउनु भयो ।अध्यक्ष हमालले यातायात क्षेत्रका ३ हस्तिहरुको निधनले आफ्नो प्रा.लि.लाई अपुरणिय क्षति पुगेको भन्दै उहाँहरुको सपनालाई पूरा गर्नको लागि आफू लगाएत सिंगो टिम निरन्तर रुपमा लागि रहेको बताउनु भयो ।उहाँले निधन हुनु भएका तिनै जना अध्यक्षको आत्माले शान्ति पाओस भनी श्रद्धाञ्जली अर्पण गर्दै,स्वर्गीय अध्यक्ष देवि प्रशाद धिताल ( हेमराज) को हत्यारालाई पत्ता लगाई कानुनी कार्वाहीमा ल्याउनको लागि सुरक्षा निकाय लगाएत सरोकारवाला निकायलाई अनुरोध गर्नु भएको छ ।

प्रालिले उक्त प्रतिक्षालय ३ लाख ५८ हजार ४ सय ७५ रुपैयाँमा निर्माण गरेको हो । करिव ७ सय भन्दा बढी ठुला साना गाडी संचालन गर्दै आएको प्रालिले यस भन्दा अगाडि दर्जनौं सामाजिक कार्यहरुमा भाग लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस