२५ पौष २०८०/ सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले शैक्षिक सुधारको लागि पाँच सदस्यीय कार्यदल गठन गरियको छ ।
सोमबार बसेको वनगाड कुपिण्डे नगरपालिकाको शिक्षा समिति बैठकले विद्यालय मिलान, दरवन्दी मिलान, आवश्यकता अनुसार दरवन्दी थपघट गर्ने लगाएतका काम गर्न ५ सदस्यीय कार्यदल बनाएको छ । ७ न वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक जीवन सिंह ठकुरीको संयोजकत्वमा उक्त कार्यदल बनाएको हो ।जस्मा सदस्यहरु बसन्त शर्मा, नोखराज विएम, सुरेन्द्र खड्का र चक्रबहादुर रावत रहनु भएको छ । सो कार्यदलले फाल्गुन १५ गते भित्र सबै काम सकेर शिक्षा समितिलाई प्रतिबेदन बुझाउने निर्णय गरिएको सयोजक जीवन सिंह ठकुरीले बताउनु भएको छ । उहाँले माघ १४ गते देखि १६ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने समेत निर्णय गरिएको जानकारी दिनु भयो ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगर भित्रका,वैदेशिक रोजगारीको शिलसिलामा ज्यान गुमाएका नागरिकका, छोराछोरी लाई रित पुराई निवेदन दिएको खण्डमा छात्रवृत्ति दिने समेत निर्णय गरिएको बताउँनु भएको छ। नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका बुढाथोकीले विगतमा जिल्ला रहदा पनि बनगाड कुपिण्डे नगरपालिकामा धेरै मेहनत गरेर स्थापना गरिएका विद्यालयहरुलाई थप टिकाइ राख्न शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न आफुले महत्वपूर्ण भुमिका खेलेको बताउँनु भएको छ ।उहाँले आफ्नो कार्यकालमा बनगाड नगरपालिकाको पहिलो एजेन्डा गुणस्तरीय शिक्षा बनाउने रहेको बताउनु भयो ।