सल्यानमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ पौष २०८२/ सल्यान

सल्यानमा आयकर,मुल्य अभिवृद्धि कर,अन्त शुल्क र आर्थिक ऎन २०८२ का छुट सुबिधा सम्बन्धि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको आयोजना र सल्यान उद्योग वाणिज्य संघ सल्यानको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष सुधन श्रेष्ठको प्रमुख आतिथ्यता र सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आयकर,मुल्य अभिवृद्धि कर,अन्त शुल्क र आर्थिक ऎन २०८२ का छुट सुबिधा सम्बन्धि आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत श्रीधर टण्डनले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रमको अध्यक्षताको आसन गर्नु भएका टण्डनले आए करमा दर्ता भएपछि गर्नु पर्ने कार्यहरु बारे सहभागीलाई जानकारी दिनु भएको हो ।

कर प्रणालीको सार,लगानीको आधार भुन्ने मुलनारा सहित सम्पन्न भएको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम २०८२मा जिल्लाका उद्योगी ,व्यापारी ,निर्माण व्यवसायी लगाएत सर्वसाधारणको सहभागीता भएको थियो ।

प्रतिक्रिया दिनुहोस