कुमाख गाउँपालिकाको १४ गाउँसभा अधिवेशन सम्पन्न

२३ भाद्र २०८०/ सल्यान

सल्यानको कुमाख गाउँपालिकाले करीब २ महिना पछि गाउँसभा सम्पन्न गरेको छ ।

जनप्रतिनिधिको विवादका कारण असारमा नीति कार्यक्रम र बजेटका लागि हुन नसकेको गाउँसभाको १४ औ अधिवेशन शुक्रवार सम्पन्न भएको हो ।

चालु आर्थिक बर्ष २०८०/०८१ को गाउँसभा कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष लाभ हुने काम गर्नु पर्ने बताउँनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शर्माले जनप्रतिनिधिको विवादमा कारण हुन नसकेको गाउँ सभाले जनताहरुले अहिलेका जनप्रतिनिधिहरु लाई औलो उठाउने ठाउँ रहेको र उक्त कुरा लाई जन प्रतिनिधिहरुले बेलैमा बुझेर करिव २ महिना पछि भएपनी गाउँ सभा सम्पन भएको बताउनु भयो ।उहाँले अब जनताका कार्यमा नियमित रुपले लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सल्यानका उप प्रमुख असविर बुढाथोकी, अतिथी गाउँपालिकाका निवर्तमान अध्यक्ष दिलमाया बुढामगर गिरी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको गाउँसभामा अध्यक्ष बुढाथोकीले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने पालिका उपाध्यक्ष लालबहादुर रावतले आर्थिक विधेक,विनियोजन विधेयक र बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, गाउँसभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरु, संचारकर्मी, सुरक्षाकर्मी र सरोकारवाला निकायको सहभागिता रहेको थियो भने
गाउँ सभा बाट ५८ करोड २४ लाख ७१ हजार ८सय अन्ठानब्बे रुपैया उनान्सत्तरी पैसा विनियोजन गरिएको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले बताउनु भयो ।गाउँ सभा अधिवेशनको संचालन कुमाख गाउँपालिका योजना अधिकृत मान बहादुर बुढाथोकीले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस