क्यान्सर पीडित पवित्राको उपचारको लागि आर्थिक अभाव,सहयोगको लागि अपिल

१ भदौ २०८०/ सल्यान

सल्यानको बागचौर नगरपालिका वडानं.६ कोटवारा बाङ्गतिरेकी पवित्रा वली बस्नेतको उपचारका लागि आर्थिक अभाव देखिएको छ ।

३१ बर्षिया पवित्रा वली ( बस्नेत )लाई ल्युकेमिया( ब्लड क्यान्सर ) भएको कारण तत्काल उपचार गर्नको लागि अस्पतालमा एकै चोटि धेरै रकम जम्मा गर्नु पर्ने भएकाले परिवारमा आर्थिक अभाव भएको हो ।

केहि समय पहिले देखिनै बिरामी परेकी पवित्रा लाई डाक्टरले क्यान्सर पुष्टि गरेदेखी बिरामीका श्रीमान खिम बहादुर बस्नेतले सामाजिक संजाल मार्फत सक्दो आर्थिक सहयोग गरिदिन सवैमा अनुरोध गर्नु भएको छ । बस्नेतले डाक्टरको सल्लाह अनुसार विरामीले बेलैमा उपचार पाए पुर्ण रुपमा सन्चो हुने बताउनु भएको छ । उक्त रोगको उपचारका लागि एकै चोटि धेरै रकम जम्मा गर्नु पर्ने भएकाले आफुहरुले सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो ।

उहाँले आफ्नो श्रीमतीको उपचारको लागि सक्दो सहयोग रकम खिम बहादुर बस्नेतको नाममा ग्लोबल आईएमइ बैंक घोराही शाखामा रहेको खाता नम्बर ४१०८०१००००४३६( KHIM BAHADUR BASNET) मा जम्मा गर्न समेत सवैमा अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस